पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
एक्काईस वर्षअघि मेरो सिफारिशमा संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् २००१ लाई ‘सभ्यताहरूको संवाद’ को वर्ष नाम दिएको थियो । यसले शान्तिप्रति र युद्ध तथा हिंसाको अस्वीकारप्रतिको प्रतिबद्धताको संकेत दिएको थियो ।
इरानीहरू आफ्ना ऐतिहासिक पीडा र समस्याग्रस्त इतिहासका बावजूद शक्तिराष्ट्रहरूसँग सम्पर्क र संवादको नयाँ अध्याय शुरू गर्ने विषयमा आशावादी थिए । तर सन् २०११ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमण अनि त्यसपछि पश्चिम एसियामा भएका त्रासदीपूर्ण युद्धले यो आशा तुहाइदियो । इराक र अफगानिस्तानमा भएका युद्ध अनि अन्य देशमा गरिएका हस्तक्षेपले पहिलेदेखि विद्यमान समस्यालाई झनै चर्काएको थियो र अन्तर्राष्ट्रिय आतंकवादको वृद्धि, सिरिया र इराकमा भएको गृहयुद्ध तथा यमनमा हालसम्म पनि कायम युद्धअपराधको बाटो खोलिदिएको थियो । यी द्वन्द्वहरूका कारण यो क्षेत्र असुरक्षित बनेको छ र संसारभरिको सुरक्षामा पनि आघात पुगेको छ ।
यसै समयमा इरानले विकसित गरेको शान्तिपूर्ण आणविक कार्यक्रम शान्तिवार्ताको एक कसी बन्न पुग्यो । अन्तर्राष्ट्रिय समुदायसँग विश्वास निर्माण गर्नका लागि मेरो सरकारले वार्ताको वातावरण बनाउन खोजेको थियो । वर्षौंसम्म गरिएको कठिन प्रयासको फलस्वरूप भएको सम्झौतापछि राष्ट्रपति रूहानीको सरकारले इरान आणविक सम्झौता भनी चिनिने जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ याक्सन ६ वटा शक्तिराष्ट्रसँग गर्न सफल भएको थियो ।
इरानले आणविक हतियार बनाउन नखोजेको निरन्तर घोषणा गर्दै आएको छ । उसले आणविक अप्रसार सन्धिअन्तर्गत आफ्नो दायित्वको पालन गरिरहेको छ र त्यसबाहेक पनि सद्भावको संकेत दिँदै पारदर्शी विश्वसनीयताको सुनिश्चितता हुने गरी आणविक सम्झौताले मागेबमोजिमको उपाय समेत अपनाएको थियो । इरान र ६ शक्तिराष्ट्रबीच भएको सम्झौताले पारस्परिकता र आपसी विश्वास सम्भव मात्र नभई वाञ्छित समेत भएको पुष्टि गरेको थियो ।
त्यसबाहेक यस सम्झौताका सदस्य मुलुकहरूबीचको थप फलदायी तथा सकारात्मक सम्बन्धको आधारशिला पनि यसले बनाएको थियो । दुःखका साथ भन्नुपर्छ, सम्झौताका सबै प्रावधानको पालन इरानले मात्र गर्यो भने सम्झौताका अन्य हस्ताक्षरकर्ताहरूले यसलाई कि त उल्लंघन गरे कि त आफ्नो जिम्मेवारीबाट पन्छिए ।
इरानले इस्लामिक स्टेटको आतंकको राजलाई परास्त गर्न निर्णायक भूमिका खेलिरहँदा ट्रम्प प्रशासनले इरान आणविक सम्झौताबाट अवैध रूपमा हटेर मेरो देशविरुद्ध दुश्मनीको नयाँ चरण आरम्भ गर्ने निर्णय लियो । अमेरिकाले आफैंले प्रायोजन गरेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को पारित प्रस्ताव २२३१ लाई उल्लंघन गर्दै इरानी जनताविरुद्ध आर्थिक प्रतिबन्धको अभियान शुरू गर्यो ।
राष्ट्रपति ट्रम्पले इरान र विश्व समुदायलाई सम्झौता उल्लंघन गरेकोमा भन्दा पनि राष्ट्रसंघले अनुमति दिएको अन्तर्राष्ट्रिय कानूनी सहमति पालन गरेकोमा दण्ड दिइरहेका छन् । सम्झौताबाट बाहिरिएर ट्रम्प प्रशासनले संवाद, सम्पर्क र साझेदारी निर्माणका सिद्धान्तविरुद्ध काम गरेका छन् । यसले शान्तिको मुद्दालाई त्यागेको छ ।
इरानमाथि निरन्तर प्रतिबन्ध र नाकाबन्दीले कुनै गलत काम नगरेको मुलुकलाई सामूहिक सजाय दिइएको स्पष्ट छ । बहालवाला अमेरिकी प्रशासनले पर्सियाको खाडीमा तनाव बढाएको छ र दुई देशबीचको युद्धको सम्भावनालाई चर्काएको छ ।
तर पुनः कठोर प्रतिबन्ध लगाउँदैमा अनि सैन्य कारवाहीको धम्की दिँदैमा इरानी सरकार वा इरानी जनताले आत्मसमर्पण गर्ने छैनन् । आतंकवाद जस्तै प्रतिबन्धको पनि घातक परिणाम आउँछ ।
अहिले मध्यपूर्व आफूले नगरेको गल्तीका कारण फेरि संकटको सामना गरिरहेको छ । यो संकट अनावश्यक पनि थियो अनि यसलाई सजिलै रोक्न सकिन्थ्यो । यो यही तरिकाले अघि बढ्नपर्छ भन्ने छैन र तनावमा भएको वृद्धिलाई अझै पनि मत्थर पार्न सकिन्छ । यो क्षेत्र फेरि पनि अर्को हिंस्रक द्वन्द्वको चपेटामा नपरोस् भन्नका लागि ठण्डा दिमागले सोचविचार गर्नुपर्छ । दम्भका साथ गरिएको एकपक्षीय कारवाहीको यो चक्र तथा राजनीतिक समाधानको विकल्पमा सैन्य समाधानको खोजी यहीँ टुंगिनुपर्छ । अमेरिकी प्रशासनले बाध्यकारी कूटनीति र युद्धको धम्कीको साटो संवादको बाटो अपनाएर आफ्नो अन्तर्राष्ट्रिय दायित्वको सम्मान गर्नुपर्छ ।
संस्कृति र सभ्यताहरूबीचको संवाद, विश्व शान्ति, लोकतन्त्र, सहिष्णुता र मानवअधिकारलाई प्रतिरक्षा गर्ने मिसनमा जीवन नै समर्पित गरेको व्यक्तिको हैसियतले म इरान र यस क्षेत्रका अन्य मुलुकको भविष्यका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गर्छु । यही मर्मका साथ म अमेरिका तथा विश्वका विवेकी व्यक्तिहरूलाई शान्तिको प्रवर्द्धन गर्न र ‘सभ्यताको द्वन्द्व’ को साटो ‘सभ्यताहरूबीचको संवाद’ लाई अघि बढाउन आह्वान गर्छु । हामीले शान्तिका लागि साझेदारी बनाउनुपर्छ जसले इरानविरुद्ध युद्ध नगर्ने नारा अपनाउनुपर्छ । यसले मात्र विपत्तिलाई रोक्न सक्छ । अहिले पर्सियाको खाडी क्षेत्रमा तनावको स्तर निकै बढेकाले परिस्थिति निकै नाजुक र विस्फोटक बनेको छ ।
राष्ट्रपति ट्रम्पलाई सल्लाहकारहरूले दबाब दिएको भए पनि अनावश्यक युद्धको स्थितिलाई उल्ट्याउने विकल्प उनीसँग छ । इरानीहरू आफ्नो अडानमा दृढ रहने कुराको जानकारी उनलाई हुनुपर्छ । सन् १९०५ मा इरानमा भएको संवैधानिक क्रान्तिको एक सय वर्षभन्दा बढी समय बितिसक्दा इरानीहरू आफ्नो गरिमा र स्वतन्त्रतालाई अक्षुण्ण राख्नका लागि लडिरहेका छन् ।
सम्मानजनक अन्तर्राष्ट्रिय शान्तिप्रति इरानको सद्भाव तथा प्रतिबद्धताको प्रमाण आणविक सन्धिले प्रस्तुत गरेको थियो । बहालवाला अमेरिकी प्रशासनले अपमान तथा धम्कीको साटो सद्भावपूर्ण प्रतिक्रिया दिन चाहन्छ कि चाहँदैन भन्ने अहिलेको मूलभूत प्रश्न हो । धाकधम्कीको उपनिवेशवादी भाषा २१औं शताब्दीको विश्वशक्तिलाई भन्दा पनि १९औं शताब्दीका साम्राज्यवादी शासकहरूलाई सुहाउँछ ।
कुनै पनि कुरा नष्ट गर्न सजिलो छ तर निर्माण गर्न निकै कठिन छ । दिगो शान्तिमा तेर्सिएका बाधाहरू वास्तविक हुन् । तर तिनलाई जित्नै नसकिने भन्ने हैन । हामीहरू आफ्नै लागि पनि अनि भावी पुस्ताका लागि पनि शान्ति र संवादको पैरवीमा सक्रिय हुनुपर्छ । संवाद, समानुभूति र एकअर्कालाई सुन्ने इच्छाशक्ति नै उज्ज्वल भविष्यको एक मात्र बाटो हो ।
द गार्डियनमा प्रकाशित इरानका पूर्व राष्ट्रपति मोहम्मद खतामीको आलेख
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...