×

NMB BANK
NIC ASIA

गाडी चल्न थालेपछि हरायो डोलीको संस्कार

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुमपूर्व- एकदशक अघिसम्म रुकुम (पूर्व) का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोली चढाएर भित्र्याउने चलन अहिले देख्न पाइँदैन । त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा  अहिले जिल्लाभर खोजे पनि भेटिँदैन । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाएका छैनन् । 

Muktinath Bank

विसं ०६५ मा सिस्ने गाउँपालिका–५ की रीता बस्नेतले विवाहका बेला बेहुला पक्षले आफूलाई लिन रातो कपडाले सजाएको डोली ल्याएर आएको बिर्सिएकी छैनन् । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुस्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । सोही गाउँपालिका–८ स्यालापाखाकी बिमला योगीको ०५५ सालमा र वडा नं ६ की नम्रता मगरको पनि ०६० मा बिहे हुँदा उनीहरू डोली चढेरै आएका थिए । सिस्ने–५ की कमला परियारको बिहे हुँदा पनि उहाँलाई जन्ती पक्षले रङ्गीचङ्गी बनाएर साजाइएको डोलीमा हाली ल्याएकोे सम्झँदा रमाइलो मान्छिन् । आफ्नो बिहेको रमाइलो पल सुनाउँदै कमलाले भनिन्, 'त्यसबेला बेहुलीलाई जन्तीले डोलीमै बोकेर ल्याउने चलन थियो ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयवासी आफैंले काठको डोली बनाउँथे । डोली प्रयोग गरेबापत जन्तीलाई निश्चित रकम दिने चलन थियो । त्यसबाट आम्दानी पनि राम्रै हुन्थ्यो । डोली प्रयोग हुन छोडेपछि केहीको आम्दानी पनि सुकेको स्थानीयवासी रामबहादुर बुढाथोकीले बताए । डोली कसैले एक पटक भाडामा लिएबापत तीन हजार रुपैयाँसम्म दिने गरेको उनले उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । पहिले–पहिले घोडाको प्रयोग पनि बढी नै थियो । अहिले बिहेमा घोडाको प्रयोग पनि शून्य भएको सोही गाउँपालिका–४ की सानु बुढाले बताए ।

Vianet communication
Laxmi Bank

गाउँघरको परम्परागत कला र संस्कृति पनि लोप हुँदै गएको सोही गाउँपालिका–५ का मोहन शाहीले बताए । आफ्नो संस्कृति, रीतिरिवाज जोगाउन ध्यान नदिँदा थुप्रै परम्परा मासिँदै गएको छ भन्दै उनले सवारी साधनहरू गाउँघरमा पुगे पनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको बताए । गाडीमा सहज भए पनि डोली चढाएर दुलही अन्माउनु बेग्लै मिठास हुने शाहीको भनाइ थियो । 

मगर बाहुल्यता रहेको रुकुम (पूर्व)मा फरक भाषा, भेषभूषा, चालचलन, रीतिरिवाज भएका बासिन्दाको  बसोबास छ । कतिपय संस्कृतिहरूलाई पश्चिमेली संस्कृतिले फेरबदल गरिदिएको छ । अहिलेका बिहे, व्रतबन्ध, र अन्य चाडपर्वहरुलाई आधुनिकताले परिवर्तन गरिसकेको छ । 

स्थानीय सरकारले संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको उक्त गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । उनले भने, मौलिक कला संस्कृतिले जिल्लाको पहिचान झल्काउने गर्दछ ।' मौलिकता बोकेका कतिपय परम्परा जोगाउनै पर्छ भन्ने मान्यताले गाउँपालिका अघि बढेको छ,' उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x