कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
साउन ७, २०७६
बुटवल - सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । चार जना हराइरहेका छन् । पहिरोले घरहरू बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा छ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो ।
वडा नम्बर ४ को भिरकुनामा २ सय मिटर माथिबाट आएको पहिरोले घर बगाउदा ३२ वर्षकी निर्मला विक, २९ वर्षकी पम्फा विक, १२ वर्षकी अञ्जली विक, ५ वर्षकी हिमांशु विक, ७० वर्षकी छली विक, ९ वर्षकी सिवानी विकको मृत्यु भएको छ ।
७ वर्षकी तारा विक र डेढ वर्षका एक बच्चा बेपत्ता भएको वडा अध्यक्ष दानबहादुर रानाले बताए । लगातार भइरहेको वर्षाका कारण सोमवार ३ बजे पहिरोले छलि विक, चन्द्रबहादुर विक, धनबहादुर विकको घर बगाएको हो ।
पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । पहिरो आएको थाहा पाएपछि उनीहरू भागेर ज्यान जोगाएको रानाले बताए । अझै पनि १८ र २० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माविमा स्थानान्तरण गरिएको छ ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामु मगर र दुर्गा सिन्जालीको मृत्यु भएको स्थलगत रूपमा उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताएका छन् ।
तिलकुमारीकी छोरी करिष्मा र छोरी धनी तरामु घाइते भएका छन् । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको गाउँबाट बाहिर जाने सडक अवरुद्ध भएकाले उपचारका लागि लैजान समस्या भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए । लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किदा माया र बबि विक २ जना हराइरहेका छन् । अहिले प्रहरी र स्थानीयबासिन्दाले उनीहरूको खोजी गरिरहेको रानाले बताए ।
लुम्पेकमा प्रहरी नायब उपरीक्षक मीन घले र सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली उद्दारमा खटिएका छन् । लिम्घामा इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक राधेश्याम सिहसहितको प्रहरी टोली पुगेको छ । लिम्घाको मुख्य सडकहरू पहिरोले भत्काएपछि यातायात अवरुद्ध छ । जसका कारण जिल्लाबाट राहत र उद्दारमा आउने टोलीलाई समस्या भएको छ ।
अहिले जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र दलका नेता लिम्घा आइपुगेका छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्दारपछि राहत र पुनर्स्थापनाको काम शुरू भएको बताए । राहतसहित घटनास्थलमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले प्याकेजमा राहत उपलब्ध गराउने बताएका छन् । ज्ञवालीले विस्थापितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । विकासको नाममा जथाभावी डोजर प्रयोग नर्गन समेत ज्ञवालीले सचेत गराए । ज्ञवाली हेलिकप्टरमार्फत घटनास्थल पुगेका थिए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...