×

NMB BANK
NIC ASIA

नीलोलाई किन दुःखको रंग मानिन्छ ?

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रंगहरूले हाम्रो मनोविज्ञानमाथि गहिरो प्रभाव पार्छन् । कुनै रंगले हाम्रो दिमागलाई आनन्द दिन्छन् भने कुनै रंग देख्नेबित्तिकै हामीलाई दिक्क लाग्छ । 

Sagarmatha Cement
Muktinath Bank

नीलो रंगलाई दुःख र उदासीको रंग मानिन्छ । यसले हाम्रो मूडमा नकारात्मक प्रभाव पार्छ भनिन्छ । तर आकाश नीलो छ, समुद्रको पानी नीलो छ, भगवान् विष्णुको रंग नीलो छ भने कसरी यो रंग दुःखको कारण बन्न पुग्छ त ? यहाँ हामीहरू केही कारणका बारेमा चर्चा गर्नेछौं जसले नीलो रंगलाई दुःखसँग जोडेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रिसेली मिथ
ग्रिसेली मिथमा नीलो रंगलाई वर्षासँग जोडिएको छ । देवताका राजा जिउस आफ्ना भक्तहरूसँग रिसाउँदा धर्तीमा आँधीबेहरी आउँछ भन्ने ग्रिसेली मान्यता थियो । यसैगरी उनी दुःखी भएका बेलामा पृथिवीमा पानी पर्छ । त्यही भएर नीलो रंगलाई दुःखको भावनासँग जोडिन्छ । 


Advertisment
Nabil box
Kumari

चोसरको कविता
अंग्रेजी साहित्यका आदिकवि जोफ्रे चोसरले सन् १३८५ मा लेखेको एक कविताको पंक्ति थियो, विथ टियर्स ब्लु एन्ड विथ अ वुन्डेड हार्ट (नीला आँसु र घाइते मुटुका साथ) । यस पंक्तिका अनुसार नीलो रंग दुःख, चिन्ता र पीडाको प्रतीक हो । 

Vianet communication
Laxmi Bank

पुरानो शब्दकोश
अ क्लासिकल डिक्स्नरी अफ द भल्गर टंग्सका अनुसार नीलो रंग पीडा र उदासीले भरिएको छ । यसका साथै यसलाई शैतानी आत्मासँग पनि जोडिएको छ । यसले भावनाहरूलाई खालीपनतिर धकेल्छ । 

अक्सफोर्ड डिक्स्नरीले चाहिँ ब्लुको उत्पत्ति ब्लो शब्दबाट भएको लेखेको छ । हाम्रो शरीरमा ब्लो अर्थात् चोट लाग्दा नीलो हुन पुग्छ । अक्सिजनको कमी हुँदा पनि शरीरको रंग नीलो हुन्छ । यो परिस्थिति खुशी दिनेखालको हुँदै होइन । 

सामुद्रिक परम्परा
समुद्रको यात्रा गर्नेहरूको जिन्दगीमा नीलो रंग राम्रो मान्दैनन् । जहाजले यात्रा सम्पन्न गरेर फर्किंदा यात्राका क्रममा भएको कुनै दुर्घटनाका कारण कप्तान वा कुनै अधिकारी बेपत्ता भएमा जहाजको मस्तुलमा नीलो रंगको झण्डा लगाउँथे । त्यसैले नीलो रंगलाई दुःख र पीडाका साथ जोडिन्छ । 

रंगहरूको विज्ञानमा बताइएअनुसार नीलो रंगलाई धेरै गाढा पार्दा यो कालोमा परिणत हुन्छ । कालो रंगलाई संसारका धेरै सभ्यता र संस्कृतिमा अशुभकारी दुःख र पीडादायक रूपमा बुझिन्छ । यसले डर र तनाव पनि जन्माउँछ भनिन्छ । 

तर वैज्ञानिकहरूका अनुसार रंगहरूको प्रभाव हाम्रो मनोविज्ञानमा पर्नुमा हाम्रै हात हुन्छ । कुनै पनि रंगलाई सकारात्मकताका साथ जोडेर हेर्दा त्यसले हामीमा सकारात्मक प्रभाव पार्छ । अनि यसको विपरीत पनि सत्य हो । 

नीलो रंगले तपाईंमा कस्तो प्रभाव पार्छ त ?

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x