×

NMB BANK
NIC ASIA

इतिहासको संग्रह

कम्युनिस्टको ‘साझा संग्रहालय’ सजाइँदै : पुस्तक राखिए, हातहतियार खोजिँदै

साउन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेपालमा दुईतिहाइ बहुमतसहित कम्युनिस्ट सरकार छ तर कम्युनिस्ट विचारधारा र जनताको सर्वाधिक मत ल्याएर बनेको सरकारले हालसम्म मुलुकमा कुनै कम्युनिस्ट संग्रहालय बनाउने योजना समेत ल्याएको देखिएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

नेपालको कम्युनिस्ट विचारधारालाई संरक्षण गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी मसालको पहलमा ५ नम्बर प्रदेशको राजधानी बुटवलमा कम्युनिस्ट संग्रहालय स्थापना गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलमा स्थापना गरिएको संग्रालय दक्षिण एसियाकै पहिलो भएको मसाल निकट नेताको दाबी छ । राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालय बुटवलको भवनमा संग्रहालय स्थापना गरिएको छ । पछिल्ला वर्ष विश्वमै मार्क्सवाद र कम्युनिस्ट विचारधारा कमजोर भएको भन्दै त्यसको प्रोत्साहन र संरक्षण गर्न संग्रहालयले ठूलो योगदान पुर्‍याउने लक्ष्य छ ।


Advertisment
Nabil box
Kumari

संग्रहालयलाई २ भागमा विभाजन गरिएको छ । एक भागमा पुस्तकालय रहेको छ भने अर्को भागमा आन्दोलन र विभिन्न राजनीतिक परिर्वतनमा प्रयोग भएका सामग्री राखिने तयारी छ ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसले पार्टीका नाममा बीपी संग्रहालय बनाएको छ । तत्कालीन एमालेले पुष्पलाल अध्ययन केन्द्र, मदन भण्डारी मेमोरियल ट्रस्टदेखि जिवराज आश्रित प्रतिष्ठान बुटवलमै बनेको छ । यी पार्टीका व्यक्तिका नाममा संग्रहालय बनाएपनि समग्र कम्युनिस्टको विचारधाराको संग्रहालय नेकपा मसालले खोजी गरी स्थापना गरेको छ ।

संग्रहालयमा विभिन्न कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित पुस्तक रहेका छन् । संग्रहालयमा आन्दोलन र विद्रोहमा प्रयोग गरिएका पुराना हतियार, तस्वीर र कम्युनिस्ट नेताहरूको तस्वीरहरू, तिनका लेख, जीवन भोगाइ कम्युनिस्ट डकुमेन्ट्री र २ पटकसम्म भएको विश्वयुद्धमा प्रयोग भएका सामग्री पनि राखिने छ ।

संग्रहालयका योजनाकार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हुन् भने संरक्षक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले संग्रहालयले नेपालको कम्युनिस्ट आन्दोलनप्रति चिन्ता र चासो राख्ने सम्पूर्ण जनताप्रति सुखद सन्देश प्रभाव गरेको बताए ।

‘विश्वमा कम्युनिस्ट विचारधाराको आफ्नै अस्तित्व भएपनि कम्युनिस्ट संग्रहालय कतै छैन,’ उनले भने, ‘नेताहरूका नाममा विश्वमा संग्रहालय छन् तर यस प्रकारको कम्युनिस्ट संग्रहालय अन्य देशमा पनि नभएको पाइएको छ ।’

बुटवलमा स्थापना गरिएको कम्युनिस्ट संग्रहालयमा विश्व कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न सकिने पुस्तक छन् । त्यति मात्र होइन, अध्ययन तथा अनुसन्धान गर्न सकिने गरी संग्रहालयको परिकल्पनासमेत गरिएको छ । सबै कम्युनिस्ट पार्टीका विषयमा लेखिएका पुस्तक पनि संग्रह गरिने विकले जानकारी दिए । 

संग्रहालय विश्वकै कम्युनिस्टका लागि उपयोगी हुने विकको भनाइ छ । संग्रहालयका योजनाकारसमेत रहेका नेता सिंहका अनुसार यसलाई विश्व कम्युनिस्ट आन्दोलनको झल्को दिने गरी पूर्ण संग्रहालय बनाइने छ । 

स्वदेशी तथा विदेशी पाठक एवं शोधकर्तालाई अवलोकन, अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने संग्रहालयको उद्देश्य रहेको छ । कम्युनिस्ट आन्दोलनलाई थप बल पुगोस् भन्ने उद्देश्यले कम्युनिस्ट संग्रहालय स्थापना गरिएको संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य बताए । संग्रहालयमा नेपालसहित ५ हजार विश्व कम्युनिस्ट आन्दोलनका पुस्तक तथा सन्दर्भ सामग्री कार्यालयमा जुटाइसकिएको छ । कम्युनिस्ट आन्दोलनसँग जोडिएका सबै पुस्तक सुरक्षित राख्न संग्रहालयको परिकल्पना गरिएको छ ।

‘चीन रुस लगायत कम्युनिस्ट राष्ट्रमा पनि मार्क्स, लेनिन, स्टालिन र माओ लगायत विश्वप्रख्यात संग्रहालय छन् । त्यहाँ पनि सबै आन्दोलन र घटनाक्रमका हातहतियार सहितका सामग्री राखिएको छ । यहाँ शुरूवात भएको छ । बिस्तारै हामीले सबै जुटाउने तयारी गरेका छौं,’ आचार्यले भने । 

संग्रहालय बनाउन राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले सांसदले योजना छुट्याउन पाउने कोषबाट १५ लाख रुपैयाँ उपलब्ध गराएका थिए । पूर्व सांसद मिना विकले १० लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

संग्रहालयमा कम्युनिस्ट किताबका दस्तावेज, झापा आन्दोलन, माओवादी जनयुद्ध, ९ वाम आन्दोलनका सामग्री पनि जुटाइँदैछ । कम्युनिस्ट आन्दोलमा प्रयोग भएका हतियार भए संग्रहालयमा राख्नका लागि आह्वान गरिने छ ।

अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संग्रहालयमा राख्न नेपालको पहिलो कम्युनिस्ट पार्टीको पर्चाको खोजी गरिएको बताए । उनले भने, ‘सबै पार्टीले आफ्नो नेताको नाममा संग्रहालय खोले तर समग्र कम्युनिस्ट आन्दोलनलाई संरक्षण गर्ने गरी संग्रहालयको अवधारणा ल्याएनन् । मसालको पहलमा यो काम सफल भयो ।’

विश्व कम्युनिस्ट आन्दोलनसँग जोडिएका सन्दर्भ सामग्री, कम्युनिस्ट घोषणापत्र, कम्युनिस्ट आन्दोलन र आन्दोलनसँग बनाइएका डकुमेन्ट्री, विभिन्न पार्टीका निर्वाचनमा सार्वजनिक गरिएका घोषणापत्र पनि खोजी गरी जुटाउने काम भइरहेको संग्रहालयका सचिव राजेश विकले जानकारी दिए । संसारकै नमूनाका रुपमा स्थापना भएको संग्रहालयलाई छिट्टै ई–लाइब्रेरीको रुपमा विकास गरिने लक्ष्य लिइएको छ ।

संग्रहालयमा कम्युनिस्ट पार्टी स्थापना गर्नुको उद्देश्य र आवश्यक, कम्युनिस्ट राज्यव्यवस्था र कम्युनिस्टहरूको संस्कृति के हो भन्नेबारे लेखिएका पुस्तक सबै अध्ययन गर्न पाइने छ । कम्युनिस्टबारे अन्तर्राष्ट्रिय अनुसन्धान गर्न चाहने व्यक्तिका लागि आवश्यक सबै पुस्तक जगेडा गरिने छ । संग्रहालयमा हजारौं पुस्तक जुटाइँदै छ । संग्रहालयमा जुनकुनै कम्युनिस्ट पार्टी व्यक्ति पनि सदस्य बन्न पाउने छन् । यस अगाडि संग्रहालयको अध्यक्ष रस्मीराज नेपाली थिए । 

संसारका सबैजसो देशमा कम्युनिस्टको प्रभाव भएपनि बुटवलमा स्थापना गरिएको संग्रहालयलाई विश्वका कम्युनिस्टको लागि प्रेरणा मिल्ने गरी साझा र संस्थागत बनाइने जनाइएको छ । संग्रहालयमा सबै सामग्री जुटाएर व्यवस्थित बनाउन ४ करोड रुपैयाँ लाग्ने अनुमान छ । हालसम्म करीब ७० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । 

संग्रहालयले नेपालको कम्युनिस्ट आन्दोलनप्रति चिन्ता र चासो राख्ने सम्पूर्ण जनप्रति सुखद सन्देश प्रवाह गरेको पुराना कम्युनिस्ट नेता देवेन्द्र घिमिरले बताए । कम्युनिस्ट आन्दोलनको संग्रहालय स्थापना गरेर नेकपा मसालले नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययन र अनुसन्धान समेतका लागि एउटा महत्त्वपूर्ण योगदान दिएको छ ।

अध्यक्ष पोखरेलले संग्रहालयलाई नयाँ ठाउँमा स्थापना गर्न सरकारले पहल थाल्नुपर्ने बताए । उनले १ पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आएर संग्रहालय अवलोकन गर्न आवश्यक रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x