मलाइकाको घर पुगे अर्जुन, पुन: शुरू भयो बिहेको चर्चा

साउन १२, २०७६

एजेन्सी- अर्जुन कपूर र मलाइका अरोडाबीचको रिलेसनशिपले बलिउड बजार गर्माएको छ । दुवैले सम्बन्धलाई स्वीकार्न थालिसकेका छन् । शनिवार साँझ यी जोडी फेरी एकसाथ देखिएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अर्जुन मलाइकासँग उनको अभिभावक भेट्न घर बान्द्र पुगेका थिए । त्यहाँ मलाइकाकी बहिनी अमृता अरोडा पनि देखिएकी थिइन् । 


ADVERTISEMENT

सञ्चारमाध्यमका अनुसार अर्जुन मलाइकाको घर गएपछि उनीहरूबीच पुन: बिहेको चर्चा शुरू भएको जनाएका छन् । यद्यपि, अर्जुन-मलाइकाबाट कुनै पनि धारणा बाहिर आएको छैन ।

अर्जुन-मलाइका यसअघि करण जोहरको घरमा आयोजित पार्टीमा पनि पुगेका थिए । करण जोहरले पार्टीको भिडियो शेयर गर्दै लेखेका थिए, 'saturday night vibes'

भिडियोमा अर्जुन कपूर, मलाइका अरोडा, शाहिद कपूर, मीरा राजपूत, वरुण धवन, नताशा दलाल, विक्की कौशल र अयान मुखर्जी पनि देखिएका थिए । 

साउन १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस