गूगल क्रोम ७६ सार्वजनिक हुँदै, के छ विशेष ?

साउन १३, २०७६

काठमाडौं – गूगलले आफ्नो क्रोम ब्राउजरलाई अप्ग्रेड गरेर क्रोम ७६ ल्याउने भएको छ । यो अप्डेटेड भर्जन मंगलवार रिलिज हुँदैछ । 

गूगलका अनुसार, यस अप्डेटका साथ क्रोम प्रयोगकर्ताहरूको निजता पहिलेभन्दा थप राम्रो बनाइनेछ । 


ADVERTISEMENT

केही दिन आएका खबरअनुसार, इन्कोग्निटो मोडमा पनि प्रयोगकर्ताहरूको याक्टिभिटी वेबसाइटहरूले ट्य्राक गर्न मिल्छ । यसले गम्भीर विवाद जन्माएपछि गूगलले क्रोम ७६ ल्याएको छ । 

नयाँ ब्राउजरमा अब सबै साइटहरूका लागि एडोब फ्ल्याशलाई बाइ डिफल्ट डिसेबल राखिनेछ । प्रयोगकर्ताहरूले यसलाई इनेबल गर्न सक्छन् तर फ्ल्याशको प्रयोग उनीहरूले क्लिक टु प्ले मोडमा मात्र गर्न सक्नेछन् । यसका साथै क्रोम प्रयोगकर्ताहरूलाई एक वार्निङ नोटिफिकेसन दिइनेछ । नोटिफिकेसनमा डिसेम्बर २०२० पछि क्रोमले फ्ल्याश प्लेयरलाई सपोर्ट नगर्ने बताइनेछ । 

कुनै वेबसाइटले फाइल सिस्टम एपीआई रिक्वेस्ट पठाएर प्रयोगकर्ताहरूको इन्कग्निटो मोड डिटेक्ट गर्ने गर्थे । केही वेबसाइटले यही ट्रिक लगाएर इन्कग्निटो मोडमा बस्ने प्रयोगकर्तालाई ब्लक गरिदिन्थे किनकि यसमार्फत प्रयोगकर्ताहरूले वेबमा रहेको पेवाललाई बाइपास गरिदिन्थे । नयाँ क्रोमले यो समस्यालाई हटाउनेछ । 

सामान्यतया कुनै साइट भिजिट गर्दा एस्केप आवश्यक हुँदैन । भूलवश कुनै प्रयोगकर्ता खतरनाक वेबसाइट पुगेछ भने उसलाई त्यहाँबाट बाहिर आउनका लागि एस्केप आवश्यक हुन्छ । खतरनाक वेबसाइटहरूले एस्केप कीलाई डिसेबल गरेर पप अप नोटिफिकेस पठाउँदै प्रयोगकर्ताहरूलाई हैरान गर्छन् । त्यस्तो अवस्था आउँदा एस्केप कीको सहायताले प्रयोगकर्ताहरू साइटलाई लोड हुन दिँदैनन् । क्रोम ७६ मा यसलाई सुधारिएको छ र प्रयोगकर्ताहरूलाई यस्ता साइटले अब समस्या दिन सक्दैनन् । 

एजेन्सी
 

साउन १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस