धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वृक्ष रोपण

साउन १३, २०७६

काठमाडौं- नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षा रोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुखका विरुवा रोपिएको हो ।

आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि पहेँलो पुलसम्मको धोवीखोला करिडोरका दुवै तर्फ सो बिरुवाहरू रोपिएको हो । उक्त स्थानमा रोपिएका बिरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रंगको हुने र गुलाबी रंगको फूल फुल्ने जातको बिरुवा हो । टोयोटाको यो सानो प्रयासले स्वच्छ तथा हराभरा सहर बनाउन मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।


ADVERTISEMENT

उक्त वृक्षरोपण कार्यक्रममा प्रदेश सांसदहरू नारायण सिलवाल, सीता अधिकारी तथा वैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो ।

शहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए । 

साउन १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस