×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग–३६

मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

साउन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।

Muktinath Bank

मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ मंसिर २१ गते मन्त्रालयको अभिलेखमा दाखिला गराइएको ज१झ ४३४ नम्बरको सेतो प्लेटको सफारी स्टोर्म मन्त्री सोनलले आफैं चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा मन्त्रालयले खरिद गरेको ४ पांग्रे गाडी मन्त्री सोनलले चढ्ने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट को१झ ४९६ नम्बरको सेतो प्लेटको सेतो रंगको महेन्द्रा एस्कार्पियो गाडी भने मन्त्री सोनलका पत्नी र छोराछोरीले चढ्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

नयाँ गाडी किन्नुअघि मुख्यमन्त्री कार्यालयबाट हस्तान्तरण गरिएको को१झ ४९६ नम्बरको गाडी फिर्ता गर्नुको साटो उनले आफ्नै मातहत राखेर  परिवारका सदस्यलाई मोजमस्ती गर्न दिएका छन् ।

Vianet communication
Laxmi Bank

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिन्सी फाँटमा रहेको अभिलेखमा दाखिला भएको गाडीबारे जिन्सी फाँटका प्रमुख अनिता राउतले भनिन्, ‘ज१झ ४३४ नम्बरको गाडी मन्त्रीज्यूले आफैं चढ्नुहुन्छ भने अर्को गाडी को१झ ४९६ नम्बरको ४ पांग्रे गाडी प्रायःजसो मन्त्रीज्यूले काठमाडौंमैं राख्नुहुन्छ ।’

मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले आफूलाई गाडीबारे जानकारी नरहेको प्रतिक्रिया दिए । ‘मन्त्रीज्यूले ज१झ ४३४ नम्बरको गाडी चढ्नुहुन्छ भन्ने कुरा त थाहा छ तर अर्को गाडी पनि लिनुभएको छ र परिवारका सदस्यले चढ्नुभएकोबारे जानकारी छैन,’ सचिव घिमिरेले भने, ‘यदि अभिलेखमा गाडी दाखिला भएको छ भने त्यो बुझ्नैपर्ने हुन्छ ।’ 

स्रोतका अनुसार अर्को गाडी की त मन्त्री सोनलको गृहजिल्ला बारास्थित घरमा हुन्छ कि त काठमाडौंमा हुन्छ । मन्त्री सोनलका परिवारका सदस्य र पार्टी कार्यकर्ताले व्यक्तिगत काममा समेत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । काम नहुँदा गाडी बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालस्थित मन्त्री सोनलकै घरको आँगनमा पार्किङ गरेर राख्ने गरिएको छ । सोनलका परिवार काठमाडौंमा बस्ने गरेका बेला गाडी काठमाडौंमा हुन्छ । सरकारी गाडी पार्टी कार्यकर्ता र आफन्तले समेत चढ्दै आएको स्रोतको दाबी छ ।

‘को१झ ४९६ नम्बरको पुरानो गाडी मैले राखेकै छु, त्यो गाडी काठमाडौंमा हुन्छ तर त्यो गाडी मेरो श्रीमतीले चढ्ने गरेका छैनन्, म काठमाडौं जाँदा त्यहाँ चढ्ने गरेको छु,’ मन्त्री सोनलले भने, ‘मन्त्री भएपछि जनकपुरदेखि वीरगञ्ज र काठमाडौं आवतजावत लागिरहेको हुन्छ, त्यसैले उक्त गाडी काठमाडौंमा राख्ने गरेको छु ।’

पत्नी र छोराछोरी काठमाडौंमा भएपनि सरकारी गाडी प्रयोग गर्ने नगरेको मन्त्री सोनलले दाबी गरे । ‘श्रीमतीलाई काम पर्दा ट्याक्सी, ट्याम्पु चढ्ने गर्छन्,’ मन्त्री सोनलले भने, ‘गाडीको विलासी वा सुखसयल गर्दैनौं, भगवानको कृपाले छोराछोरीको लागि मोटरसाइकल छन्, काठमाडौं जाँदा कोसँग गाडी माग्ने, त्यसैले गाडी राखेको छु ।’

राज्यमन्त्री डिम्पल झाले ज१झ ४३६ र सचिव घिमिरेले ज१झ ४३५ नम्बरको सफारी स्टोर्म चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरिएको सफारी स्टोर्म नै राज्यमन्त्री र सचिवले चढ्ने गरेका छन् ।

नियम विपरीत उपसचिवलाई ४ पांग्रे गाडी 

सहसचिवभन्दा तलको तहका कर्मचारीलाई ४ पांग्रे गाडी सुविधा दिने नियम छैन तर भौतिक पूर्वाधार मन्त्रालयमा उपसचिव स्तरका कर्मचारीलाई पनि ४ पांग्रे गाडी सुविधा प्रदान गरिएको छ । ४ पांग्रे गाडी र मोटरसाइकल समेत एकैजना उपसचिवले राख्ने गरेको भेटिएको छ ।

२०७६ असार ३१ गते मन्त्रालयको अभिलेखमा दाखिला भएको बा१झ ३२९० नम्बरको हाइलक्स पिकअप गाडी मन्त्रालयका उपसचिव तहका सीडीई कृष्णकुमार मिश्रले चढिरहेका छन् । भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय लहानबाट हस्तान्तरण भई आएको गाडी मिश्रले चढिरहेका छन् । 

मिश्रले ४ पांग्रे गाडीका अतिरिक्त १ लाख ६१ हजार ९ सय रुपैयाँमा किनिएको टीभीएस मोटरसाइकल समेत राखेका छन् । उपसचिव तहका कर्मचारीले कार्यालय प्रयोजनका लागि फिल्डमा अनुगमन समेत गर्नुपर्ने हुनाले ४ पांग्रे गाडी चढेको मन्त्रालयका सचिव घिमिरेले जिकिर गरे । 

भे१झ १९२ नम्बरको सेतो रंगको मोटर पिकअप (इसुजु डबल) २०७५ चैत्र ४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तान्तरण भई आएको पुरानो गाडी बिग्रेको अवस्थामा रहेको जिन्सी फाँट प्रमुख राउतले बताइन् । गाडी मम्र्मत गर्न वर्कशपमा पठाइएको छ ।

मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवलाई मोटरसाइकल

मन्त्री सोनलका ३ जना स्वकीय सचिवले पनि सरकारी मोटरसाइकल चढिरहेका छन् । मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादव २ लाख ६९ हजार ९ सय रुपैयाँमा खरिद गरिएको एफजेडएस–एफ–आई–एसई मोटरसाइकल चढिरहेका छन् । २०७५ जेठ १६ गते मोटरसाइकल अभिलेखमा दाखिला गरिएको जिन्सी फाँट प्रमुख राउतले बताइन् । मन्त्री सोनलका अर्का स्वकीय सचिव रमेश सर्राफ र धर्मेन्द्र कुशवाहाले पनि सरकारी मोटरसाइकल चढ्दै आएका छन् । १ लाख ६१ हजार ९ सय रुपैयाँका दरले खरिद गरिएका १२५ सीसीका टीभीएस स्ट्राइकर मोटरसाइकल उनीहरूले चढ्दै आएका छन् ।

राज्यमन्त्री डिम्पल झाका स्वकीय सचिव सञ्जयकुमार झाले पनि टीभीएसको मोटरसाइकल चढिरहेका छन् । ‘स्वकीय सचिवलाई सवारीसाधन उपलब्ध गराउनुपर्ने वा नपर्ने भन्ने ऐन, नियम वा कार्यविधि त छैन,’ मन्त्रालयका सचिव घिमिरेले भने, ‘तर पछि फिर्ता लिने गरी स्वकीय सचिवलाई हाल चढ्नका लागि मोटरसाइकल दिइएको हो ।’

कर्मचारीलाई पनि मोटरसाइकल

मन्त्रालयका प्रायःजसो सबै कर्मचारीलाई मोटरसाइकल किनेर दिइएको छ । २ लाख ६५ हजार ९ सय रुपैयाँमा किनेर दाखिला गराइएको एफजेडएस–एफआई मोटरसाइकल मन्त्रालयका इन्जिनीयर विनोदकुमार यादवले चढिरहेका छन् । २ लाख १९ हजार ९ सय रुपैयाँमा किनिएको एसजेडआरआर मोटरसाइकल मन्त्रालयका सहलेखापाल टेक नारायण यादवले चढिरहेका छन् । २ लाख २ हजार ८ सय रुपैयाँमा खरिद गरिएको नेभी ब्लू स्कुटर जिन्सी प्रमुख अनिता कुमारी राउतले चढिरहेका छन् । निलो रंगको मोटरसाइकल लेखा अधिकृत राजेश काफ्लेका लागि कार्यालयमा राखिएको भएपनि काफ्लेले हालसम्म नबुझेको जिन्सी प्रमुख राउतले जानकारी दिइन् ।

१ लाख ६१ हजार ९ सय रुपैयाँमा खरिद गरिएको १ सय २५ सीसीको टीभीएस स्ट्राइकर अन्य बाँकी कर्मचारीले प्रयोग गरिरहेका छन् । इन्जिनीयरहरू  रामचन्द्र चौधरी, राजेन्द्र दास, हस्मत अन्सारी, कुन्दनकुमार कर्ण, शाखा अधिकृतहरू अमनकुमार कर्ण, आनन्द झा, नायव सुब्बा दिपककुमार ठाकुर, कम्प्यूटर अपरेटरद्वय अजय साह र सुशीलकुमार मण्डलले मोटरसाइकल चढिरहेका छन् । ३ वटा टीभीएस मोटरसाइकल मन्त्रालयमा जगेडामा नै राखिएको छ भने निर्देशनालयमा असार मसान्तसम्मको लागि मात्र प्रयोग गर्न दिइएको मोटरसाइकल हालसम्म फिर्ता नभएको राउतले बताइन् ।

इन्धनमा मनपरी 

मन्त्री, राज्यमन्त्री, सचिवले चढ्ने सवारीसाधनमा इन्धन प्रयोगमा चरम दुरुपयोग भइरहेको छ । ऐन अनुसार पाउने इन्धन सुविधा मन्त्री तथा राज्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिनुका साथै आफ्नै मन्त्रालयबाट पनि लिने गरेका छन् । दोहोरो इन्धन सुविधा लिन पाउने प्रावधान छैन तर पनि लिने गरिएको छ ।

‘अहिले बाढी आएका कारण फिल्डमा मन्त्रीज्यूहरूको आवतजावत बढी भएकाले इन्धन बढी खपत भएको हो,’ सचिव घिमिरेले भने, ‘अब दोहोरो इन्धन सुविधा नलिने तथा आ–आफ्नै मन्त्रालयबाट मात्र इन्धन लिने गरी ऐन बन्दैछ ।’ इन्धनमा चरम दुरुपयोग भएको स्वीकार गर्दै त्यसलाई नियन्त्रण गर्ने घिमिरेले बताए ।

हेर्नुहोस्, यसअघिका भागहरू :

भाग– ३५ : सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

भाग– ३४ : सरकारलाई कर्मचारीभन्दा गाडी पाल्न महंगो ! [लोकान्तर खोज]

लोकान्तर समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

भाग- ३३ : १ रुपैयाँमा गिलास र मार्कर, १२ रुपैयाँमा पेनड्राइभ किन्छ मन्त्रालय !

भाग- ३२ : पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

भाग- ३१ : राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

भाग- ३० : निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

भाग- २९ : सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

भाग- २८ : मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

भाग- २७ : विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

भाग- २६ : सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

भाग- २५ : इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x