×

NMB BANK
NIC ASIA

वैज्ञानिक अध्ययनको निष्कर्ष : गाईको दुधदहीले क्यान्सर जस्तो खतरनाक रोग पनि निको पार्छ !

साउन १७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौँ - परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको भएको प्रमाणित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शास्त्रमा भनिएको पनि छ “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई÷गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् । 
स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) गर्ने काम गर्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका गोब्रती योगी सोमराजले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

स्थानीय गाईको दूधमा ओमेगा तीन नामक तत्व पाइन्छ जसले स्मरण शक्ति बढाउने काम गर्दछ । त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ जुन एन्टी क्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पुर्‍याउँछ । 

Vianet communication
Laxmi Bank

इटालीमा प्रा जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, किड्नी फेल (मृगौला रोग) आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् । 

“गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य बैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ,” सोमराजले भन्नुभयो । 

ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धानबाट प्रमाणित गर्न थालेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

“हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए, बीचमा अध्ययन र प्रचारप्रसारको कमीले गाईको महत्व ओझेलमा परेको थियो”, उहाँले भन्नुभयो “यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कृत्यमा गोदानको विधि रहेको हो” । यसका विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन अनुसन्धान सुरु गर्दैछन् । 

धर्तीका लागि गाईको गोबर अमृत मानिने भएकाले बृहत्रुपमा गाईको संरक्षण गरिसकेपछि सयौँ बिघा जमिनमा अग्र्यानिक खेती गर्न सकिन्छ । 

गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । गाईको घ्यूले बढेको कोलेस्ट्र्रेल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ । 

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरुमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले भैंसीको दूधमा लोङ्चन फ्याट बढी हुने तथ्य प्रमाणित गर्नुभएको छ । जसले नशा जमेर अवरुद्ध हुँदा हृदयाघातको समस्या देखापर्छ । यसैले उहाँले गाईको दूध हृदय रोगीहरुका लागि वरदान सावित भएको अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ । 

गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी पाँचवटा गोमूत्रबाट बन्ने औषधीको पेटेन्ट राइट लिएको गोव्रती सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीको पेटेन्ट राइट लिएको छ । 

गाईको घ्यू पनि उत्तिकै औषधीय गुणले युक्त छ । गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्‍याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्‍याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । 

गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गोवंश पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको वाहन नै साँढे (गोरु) भएको विश्वास गरिन्छ । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ भएको हो । यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बनेको इतिहास छ । धेरै गाई पाल्ने गोपालबंशी राजाहरुले नेपालमा शासन चलाएको इतिहास छ । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखनाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको हो । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो । 

यसैले शास्त्रमा भनिएको पनि छ – 

“यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।” 

अर्थात्, जसले गाई, धर्म र ब्राह्मणमा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x