×

NMB BANK
NIC ASIA

अलमलमा केन्द्रीय समिति

ग्रीन टी र सुगर फ्री बिस्कुटमा अल्झिँदै कांग्रेस बैठक, महाधिवेशन तोक्न तयार छैनन् देउवा !

साउन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– असार २२ गतेदेखि शुरू भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चियागफमा सीमित देखिएको छ । पटक–पटक बसेको केन्द्रीय समितिको बैठक अन्तरिम संरचना र १४औं महाधिवेशनको कार्यतालिकाबीच अल्मलिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

संस्थापनइतर पक्षका नेताहरूले तत्काल महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने दबाब दिइरहेका छन् भने संस्थापन पक्ष विधानतः अन्तरिम संरचनाको काम सकेपछि स्वतः महाधिवेशन तयारीको काम शुरू हुने बताइरहेको छ । 
बुधवारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाबीच महाधिवेशनको कार्यतालिकाकै विषयमा चर्का-चर्की भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले चाहिने नचाहिने कुरा गरेर आफूलाई पार्टीभित्र भिलेन बनाउन खोजेको आरोप पौडेललाई लगाएका थिए । जे कुरामा पनि आफूमाथि नै दबाब बनाउन खोजेकोमा देउवाको आपत्ति थियो । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय समितिको बैठकमा दोस्रो बुँदामा रहेको संक्रमणकालीन संरचना र महाधिवेशनको मिति तय विषयको एजेण्डामा छलफल भइरहेको छ । आधादर्जन भन्दा बढी बैठकमा यही एउटा एजेण्डामा मात्र छलफल भएपछि बाँकी रहेका १३ वटा एजेण्डा 'रमिते' बनेका छन् । 

Vianet communication
Laxmi Bank

संस्थापन पक्ष महाधिवेशन र संक्रमणकालीन संरचनाका विषयमा थप बहस छलफल नगर्ने पक्षमा देखिएको छ भने वरिष्ठ नेता पौडेल छलफल भइरहेको एजेण्डामा ठोस निर्णय नहुने बेलासम्म अन्य एजेण्डामा जान नहुने तर्क गर्छन् ।

सभापति देउवा निकट मानिने नेता गोपालमान श्रेष्ठले संक्रमणकालीन संरचना बनेपछि कांग्रेस महाधिवेशको तयारीमा आफसेआफ लाग्ने बताए । 

'अहिले नै चाहियो नत्र हुन्न भन्ने जस्तो बहस गरेर हुन्छ ?' शुक्रवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'सबै कुरा विधि, पद्धति र प्रक्रियाले गर्दै जाने हो । विधानमा उल्लेख गरिएअनुसार पहिला पार्टीलाई संघीय संरचनामा लैजानुपर्छ त्यसपछि बल्ल महाधिवेशनको कुरा आउँछ ।' 

श्रेष्ठले महाधिवेशन २०७७ सालको फागुनमै हुने दाबी गरे । 'कसैले अर्ली महाधिवेश भन्या छ, कसैले टाइम्ली भन्या छ, कसैले के भन्या छ,' श्रेष्ठले आक्रोश पोखे, 'सबैलाई थाहा छ तयारीका लागि समय लाग्छ भन्ने । अब चुपचाप बसे हुन्छ, महाधिवेशन २०७७ सालको फागुनमै हुन्छ ।' 

किन डराए कार्यतालिकासँग देउवा ?

संस्थापनइतर पक्षले तत्काल महाधिवेशनको कार्यतालिका चाहियो भनेर बैठकमै उफ्रिन थालेपछि कार्यतालिकाको बहस नेताहरूबीच 'इगोको बहस' जस्तै भएको छ ।

बुधवारको बैठकमा देउवा 'तपाईंहरूले जे भनेपनि मैले मान्नुपर्ने हो र ? मलाई पेल्ने ? मलाई भिलेन बनाउन खोज्ने ?' भनेर पड्किएपछि स्थिति केही तनावपूर्ण बनेको थियो । 

अन्तरिम संरचनाको काम नसकी महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा आफू नभएको देउवाले स्पष्ट सन्देश दिइसकेका छन् ।

२०७७ सालको फागुनभन्दा पहिला महाधिवेशन नगर्ने स्पष्ट धारणा लिएर बसेका देउवाको अहिल्यै कार्यतालिका सार्वजनिक गर्दा विधानविपरीत गएको सन्देश जाने बुझाई छ ।

कांग्रेसको विधानमा ४/४ वर्षमा महाधिवेशन हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ । 

७७ सालको फागुनमा महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्दा आफ्नो कार्यावधि थप १ वर्ष बढाउन खोजेको र पदको लालची भएको सन्देश कार्यकर्तामा पुग्ने भएपछि देउवाले अहिल्यै कार्यतालिका सार्वजनिक नगर्ने अडान लिएको हुनसक्ने संस्थापनइतर पक्षका एक नेताको दाबी छ । 

तर देउवानिकट एक नेताले कार्यतालिका पहिला कि संरचना निर्माणको काम पहिला भन्ने बहस 'कुखुरा पहिला कि अण्डा पहिला' भन्ने जस्तै भएको बताए ।

'विधानले स्पष्ट रूपमा संक्रमणकालीन संरचना बनाऊ भनेर भनेको छ,' उनले भने, 'अनि महाधिवेशन गर्नुभन्दा एक वर्ष पहिला अधिवेशनमार्फत सबै तह गठन भइसक्नुपर्ने पनि भनेको छ । स्पष्ट छैन र अब कांग्रेसले के गर्नुपर्छ भन्ने ? अनि कार्यतालिकामै अल्झाउने कांग्रेसलाई ?' 

महाधिवेशन ७७ फागुनमा हुने कुरा 'ओपन सेक्रेट' जस्तै 

कांग्रेसकी नेतृ डिला संग्रौलाले महाधिवेशन यही फागुनमा हुन नसक्ने कुरा ओपन सेक्रेट जस्तै भएको बताइन् ।

लोकान्तरसँग कुरा गर्दै संग्रौलाले भनिन्, 'महाधिवेशन तयारीका लागि कमसेकम पनि एकवर्ष लाग्छ, त्यो भन्दा अगाडि पार्टीलाई संघीय संरचनामा लैजानुपर्‍यो । हालको निर्वाचित कार्यसमितिको म्याद एक वर्ष थप हुन्छ भन्ने विषयमा त बहस नै गर्नुपरेन । तर फलानो दिन नै महाधिवेशन गर्ने भनेर कार्यकर्ता त सूचित हुनुपर्‍यो नि !' 

आफू सहमतिको पक्षमा रहेको संग्रौलाको दाबी छ ।  'पदाधिकारीहरूबीच सहमति हुनुपर्छ र केन्द्रीय समितिका सबैलाई सन्तुष्ट बनाउनुपर्छ,' संग्रौलाले भनिन् । 

केही दिनअघि लोकान्तरसँग कुरा गर्दै केन्द्रीय समिति सदस्य नरहरि आचार्यले कांग्रेसले कार्यतालिका बनाएर अहिल्यै र आजैदेखि संक्रमणकालीन व्यवस्था र महाधिवेशन तयारीको बाटोमा जानुपर्ने बताएका थिए । 

'महाधिवेश अहिलेकै फागुनमा हुन नसक्नेमा हामी सबै विश्वस्त छौं,' आचार्यले भने, '७७ सालको फागुनमा गर्ने हो भनेपनि आज र अहिल्यैदेखि तयारी थाल्नुपर्छ ।' 

'ग्रीन टी' र 'सुगर फ्री बिस्कुट'  

केन्द्रीय समितिको बैठकमा नेताहरू सबैलाई ग्रीन टी बाँड्ने गरिएको एक सहयोगीले बताए ।

'प्रायः सबै नेताहरू ग्रीन टी पिउन रुचाउनुहुन्छ,' उनले भने, 'खाजाको विषयमा भने नेताहरू त्यति हार्ड एण्ड फास्ट हुनुहुन्न । हामीले सुगरफ्री बिस्कुट दिने गरेका छौं । कतिपयले खानुहुन्छ कतिपयले खानुहुन्न ।' 

ग्रीन टी 'सर्भ' गरिने केन्द्रीय समितिका लगातारका बैठकहरू कांग्रेसलाई साँच्चिकै हरियाली बनाउने बाटोतर्फ लागिरहेका छन् त ?

'सबैले कांग्रेसकै हीतका लागि भनेर ओठे कुरा गर्छन्, तर कतिपय कांग्रेस मास्न पनि लागिपरेका छन्,' पूर्वसचेतक लक्ष्मण घिमिरेले लोकान्तरसँग भने, 'अहिलेको नेतृत्वले कांग्रेसलाई हरियाली नबनाउने प्रस्ट छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x