मनोज पुनका सहयोगीलाई प्रहरीले गर्‍यो पक्राउ

साउन १७, २०७६

बुटवल - कुख्यात गुण्डा नाइके मनोज पुनका सहयोगी (साथी) रुपन्देहीबाट शुक्रबार पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मनहरपुरका ओमप्रकाश चौधरी भन्ने चौधरी दंगोरिया थारूलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले नेपाल भारत सिमा बेलहियाबाट शुक्रबार पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले चौधरीले मनोज पुनसँगै देवदहका बलु भनेर चिनिने बसन्त पौडेलको हत्याको योजनामा सम्लग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका मनोजको गत वर्ष प्रहरी इन्काउण्टरमा मृत्यु भएको थियो । यो संगै प्रहरीले अर्को अपराध नियन्त्रणमा अर्को सफलता हात पारेको छ । चौधरी जिल्लाको विभिन्न चोरी डकैतीमा समेत संलग्न रहेको बताइएको छ ।  

साउन १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस