×

NMB BANK
NIC ASIA

अवैध हुण्डीको कारोबार बढ्दै

साउन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज – पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आव २०७५/७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई छ अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ । मुद्दामा १६ अर्ब ६६ करोड ४ लाख ३७ हजार ६५९ रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजस्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले राससलाई बताए ।


Advertisment
Nabil box
Kumari

मुद्दा दायर गरेका अभियुक्तसँग २९ लाख ९५ हजार ९३४ रुपैयाँ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरेको देखिन्छ । उनीहरुसँग १ अर्ब १६ करोड ६२ लाख ७८ हजार ७८२ रुपैयाँ बिगो दाबी गरिएको छ भने २ अर्ब ४२ करोड ४५ लाख ९० हजार ८८२ रुपैयाँ सजाय रकम माग गरेको छ । उनीहरूसँग १२ करोड ९७ लाख ३४ हजार ९१९ रुपैयाँ धरौटी रकम माग गरिएकोमा ७ करोड ३४ लाख ७१ हजार ३९२ रुपैयाँ धरौटीबापतको रकम दाखिला गरेको छ । 

यसैगरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजस्व चुहावट गर्नेसँग ४० लाख ६२ हजार ५६४ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी १२ लाख ९९ हजार ७१४ असुल गर्न पत्र पठाएको छ ।

वीरगञ्ज नगर क्षेत्रमा हुण्डीको कारोवार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x