मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
साउन २४, २०७६
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लामो विवादकाबीच पार्टीको अन्तरिम संरचना टुंगो लगाउने अन्तिम चरणमा पुगेको छ । यससँगै पार्टीको १४ औं महाधिवेशन तयारीका लागि ढोका खुल्नेछ ।
एक साताअघि शुक्रवार बसेको केन्द्रीय समिति बैठकले अन्तरिम संरचना निर्माणको कार्यविधि तय गर्न पार्टीले पदाधिकारीहरूलाई जिम्मा दिएको थियो ।
उक्त बैठकले चार नेताको टोलीलाई अन्तरिम संरचना निर्माण निर्देशिका बनाउने जिम्मेवारी दिएको छ । जसमा कृष्ण सिटौला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक छन् ।
गत २२ गते बुधवार बस्ने भनिएको केन्द्रीय समिति बैठकमा कार्यदिशा निर्माणको जिम्मा पाएका नेताहरूले निर्देशिका प्रस्तुत गर्ने कार्यक्रम थियो । तर समय अभावका कारण निर्देशिका तयार हुन सकेन ।
'निर्देशिका जटिल विषय भएकाले उहाँहरूले थप समय माग्नुभयो,' पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले लोकान्तरलाई भने, 'त्यही भएर बैठक २६ गतेलाई सारिएको हो ।'
सहमति जुटाउन आफूहरू लागिरहेको र २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा निर्देशिका प्रस्तुत हुने डाक्टर मिनेन्द्र रिजालले दाबी गरे ।
शुक्रवार लोकान्तरसँग कुरा गर्दै रिजालले भने, 'पदाधिकारीहरूबीच नीतिगत समझदारी हुनुपर्ने हो । अन्तरिम संरचना निर्माणका लागि हामी ४ जनाले निर्देशिका तयार गरिरहेका छौं, २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिनेछ ।'
रिजालले सहमति जुटाउनकै लागि शुक्रवार साँझ शीर्ष नेताहरूको छलफल तय भएको बताए ।
'आज साँझ शीर्ष नेताहरूको बैठक बस्ने कार्यक्रम रहेको छ,' रिजालले भने, 'आजै सहमति जुटाएर आइतवारको बैठकमा संरचना निर्माणसम्बन्धी सबै निर्णय गरिनेछ ।'
गत शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरेर पारित भएपछि पार्टीले मंसिर मसान्तसम्म सोही निर्देशिका अनुसार क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम गर्ने छ ।
बैठकमा अन्तरिम संरचनासंगै मंसिरभित्र क्रियाशील कार्यकर्ताहरुको काम सकेर पुसको पहिलो हप्ता बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने सहमति भएको थियो ।
कांग्रेसभित्र क्रियाशील सदस्यताको हकमा तेह्रौं महाधिवेशन ताका जो थिए तिनीहरूलाई अद्यावधिक गर्ने र अन्तरिम संरचना बनाउने तयारी छ ।
पहिले चार हजार स्थानीय निकायमा गर्नुपर्ने संरचना अहिले ७ सय ५३ स्थानीय तहमा र पहिले ३६ हजार वडा रहेकामा अहिले करीब ७ हजार वडामा गर्नुपर्ने भएकाले जटिल देखिन्छ ।
अन्तरिम संरचना निर्माणसँगै मंसिरभित्र क्रियाशील सदस्यतालाई अद्यावधिक गरिसकेपछि पुसको पहिलो साता बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...