×

NMB BANK
NIC ASIA

चाडपर्व नजिकिँदै गर्दा महंगी बढ्यो, दैनिक उपभोग्य वस्तुको खुद्रा मुल्य २२ प्रतिशतसम्म वृद्धि

साउन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– दशैं तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य वस्तुमा महंगी बढेको छ । सरकारले संकलन गरेको मुल्यसूची अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य २२ प्रतिशतसम्म बढेको हो ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले नेपाल खुद्रा व्यापार संघमार्फत गत जेठ ३१ गते र साउन २१ गतेको मुल्य संकलन गरेको छ । सो अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य ६ देखि २२ प्रतिशत सम्म बढेको छ ।
संकलित विवरण अनुसार स्टिम जिरा मसिनो चामलको मुल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । गत ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामलको मुल्य साउन २१मा (मंगलवार) ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै लङ्ग ग्रेन बासमती चामलको मुल्य ७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ गते प्रतिकिलो  १ सय ३० रुपैयाँका दरले रहेको सो चामलको मुल्य  गत मंगलवार १ सय ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

तथ्याङ्क अनुसार तराईको ताइचिन चिउराको मुल्य ७ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा  ७० रुपैयाँ प्रतिकिलो रहेको उक्त चिउराको मुल्य मंगलवार ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

Vianet communication
Laxmi Bank

जिरा पाउडरको मुल्यमा ११ प्रतिशतले वृद्धि हुँदै ५ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । जेठ ३१ मा ४ सय ५० रुपैयाँ प्रतिकिलो रहेको जिरा पाउडरको मुल्य मंगलवार देखि ५ सय रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ ।

दशैं तिहारका बेला बजारमा अत्यधिक माग हुने चिनीको मुल्य ६ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ८० रुपैयाँका दरले रहेको चिनीको मुल्य पछिल्लो समय ८५ रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्यांक छ ।

सो अवधिमा गहुँको उपभोक्ता मुल्य ११ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१मा ४५ रुपैयाँ  प्रतिकिलो रहेको गहुँ मंगलवारयता ५० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।

खुद्रा व्यवसायीहरुका अनुसार चाडपर्वका बेला बढीमात्रामा विक्री हुने मैदाको मुल्यमा २० प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ५० रुपैयाँ प्रतिकिलोका दरले रहेको मैदाको मुल्य मंगलवारदेखि ६० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।

त्यस्तै आटाको मुल्य पनि ठुलो अन्तरले वृद्धि भएको छ । जेठ ३१ र साउन २१ गतेको तुलनामा आटाको मुल्य २२ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटा मंगलवार ५५ रुपैयाँ प्रतिकिलो पुगेको तथ्याङ्क छ ।

त्यस्तै सुजीको मुल्यमा ८ प्रतिशतले वृद्धि हुँदै ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअघि जेठ ३१ मा सुजीको मुल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो ।

तथ्याङ्क अनुसार घ्यु, भटमास, चना लगायतका केही दैनिक उपभोग्य वस्तुको मुल्यमा गिरावट समेत आएको छ । चिनी, आटा, चामल लगायतका दैनिक उपभोग्य वस्तु भन्दा तुलनात्मक रुपमा कम खपत हुने वस्तुहरुको मुल्यमा २५ प्रतिशतसम्म गिरावट आएको छ ।

केही वस्तुहरुको मुल्य यथावत् रहेको समेत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

के भन्छन् व्यवसायी?

नेपाल खुद्रा व्यापार संघले बजार अस्त व्यस्त रहेका कारण कुन वस्तुको मुल्य के कारणले बढ्यो भनेर एकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ ।

संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा अन्योलता रहेकाले एक आफुहरुको समस्या पहिचान गरी सरकारसँग छलफल गर्ने योजना संघको रहेको बताए । ‘मुल्य के कसरी बढ्यो, एकिन थाहा छैन । प्यान, भ्याट लगायतका कारणले पनि हुन सक्छ । यिनै कारणले बजार अन्योलमा छ’ उनले शुक्रवार लोकान्तरसँग भने, ‘आजै पनि असन बजार बन्द छ । अब अर्थ मन्त्रीसँगै बसेर छलफल गर्ने लगायतका कुराहरुमा संघको छलफल भएको छ ।’

चाडपर्व लक्षित अनुमगन गरिने

सरकारले चाडपर्वका बेलामा अस्वभाविक रुपमा मुल्य वृद्धि हुनेभएकाले बजार अनुमगनलाई तिब्र पारिने जानकारी दिएको छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सातै प्रदेशका प्रतिनिधि र सबै महानगर तथा उपमहानगर प्रमुखहरुलाई बोलाएर छलफल गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले यस वर्ष चाडपर्वका बेला मुलुकमा सरकार रहेको अनुभुति हुनेगरी अनुमगन गर्न प्रदेश सरकार तथा स्थानीय सरकारलाई आग्रह गरे ।

व्यापारीहरुले मागको आधारमा मुल्य बढाइसकेको र त्यसको नियन्त्रण गर्न तीनै तहका सरकार मिलेर काम गर्नु पर्ने मन्त्री यादवले बताए । ‘चाडपर्व आयो कि भाउ बढाइ हाल्ने’ मन्त्री यादवले भने, ‘त्यसको कुनै कारण नै हुँदैन । माग बढ्यो कि बढाइ दिने, ।’

उनले तीन तहका सरकार मिलेर सहज आपुर्तिको व्यवस्था मिलाउनु पर्ने समेत बताए । ‘स्थानीय, प्रदेश र संघ सरकार मिलेर कसरी हुन्छ, जनतालाई कम्तीमा मुलुकमा सरकार भएको अनुभुति हुने गरी लागनु पर्छ’ उनले भने, ‘यो आदेश दियो भनेर नठान्नु । मेरो आग्रह हो, ।’

चाडपर्वमा व्यापारीले मुल्य बढाउन सक्ने भन्दै चाडपर्व लक्षित अनुगमन अभियानकै रुपमा गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x