कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सोमवार अमेरिकाकी महान् लेखिका टोनी मोरिसनको निधन भयो । मोरिसनको कुरा आउँदा दिमागमा तत्कालै आउने शब्द हो – प्रखर ।
उनका तस्वीर अनि उनका अन्तर्वार्ताहरूमा उनी मूर्खहरूलाई सहन नसक्ने र अज्ञानतालाई नरुचाउने महिला लाग्छिन् ।
कुनै अन्तर्वार्ताकारले उनलाई सोधेको प्रश्न ‘जातिवादी’ जस्तो लाग्यो भने उनको आँखामा आलोचनाको आगो बल्थ्यो । अझ उनको आख्यान र गैरआख्यान दुवै लेखनीमा उनको प्रखरता देख्न पाइन्थ्यो ।
उनी निराकारको व्याख्या गर्न सक्ने प्राज्ञिक व्यक्तित्व थिइन् । उनका वाक्यहरू तीरजस्ता तीखा हुन्छन् र तिनमा कुनै अतिशयोक्ति हुँदैन । प्रत्येक वाक्यले एउटा निश्चित तथ्यको सम्प्रेषण गर्छ ।
उनले लेखेका निबन्ध, भाषण र घोत्ल्याइँहरूको संकलन ‘माउथ फुल अफ ब्लड’ले उनको जिज्ञासाको शक्ति र विस्तारको जीवन्त नमूना प्रस्तुत गर्छ । उनले दृढ दृष्टि र स्थिर लेखनीका साथ जाति र लिंग अनि विश्वव्यापीकरण र आप्रवासका बारेमा लेखेकी छन् । हामी वरिपरिको विश्व र अहिलेको राजनीतिक स्थितिलाई कसरी बुझ्ने भन्ने विषयमा उनको चासो थियो । व्यापक आन्दोलनको दृश्यलाई परीक्षण गर्ने क्रममा उनले सीमा र प्रवेशद्वार, घर र अपनत्वका विषयमा चेतावनी जारी गरेकी छन् ।
मोरिसनको लेखनीको महत्त्व अहिलेको समयमा झन् टड्कारो बनेको छ किनकि अहिले देशहरूबीच पर्खाल ठडिएका छन् र राज्यहरू विभाजन गरिएका छन् भने सर्वसाधारणलाई अदृश्य बनाइएको छ । उनी अपनत्वको भावना क्षीण हुँदै गएको भन्दै हामीलाई प्रश्न गर्छिन्, ‘हामीले कसप्रति सबभन्दा बढी बफादारी देखाउने हो ? परिवार, भाषा, संस्कृति, देश, लिंग ? धर्म, जाति ? अनि यी सबै कुराको महत्त्व छैन भने हामीहरू शालीन हौं कि विश्वव्यापी हौं कि एक्लोपनले सताइएका व्यक्ति हौं ? अर्को शब्दमा भन्दा हामीहरू केमा आबद्ध छौं भन्ने कुरा कसरी निर्णय गर्छौं ? हामीले जे गरिरहेका छौं त्यो गर्न केले विश्वस्त तुल्याउँछ ? यसलाई अर्को तरिकाले भन्दा विदेशीपना भनेको के हो ?’
यस्ता केही प्रश्नहरू उनले चार दशकको अवधिमा आफ्ना उपन्यास र निबन्धहरूमा सोधेकी छन् । अफ्रिकी अमेरिकी अनुभवको गाथा लेखेबापत सन् १९९३ मा उनले नोबेल साहित्य पुरस्कार पाएपछि उनको नाम २०औं शताब्दीका महानतम लेखकहरूमा दरियो ।
उनको पहिलो उपन्यास द ब्लुएस्ट आई (सन् १९७०) र बिलभेड (सन् १९८७) संसारभरिका विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिए । अमेरिकी लेखकहरू जेम्स बाल्डविन र रिचर्ड राइटको मृत्युपछि मोरिसन आफ्नो पुस्ताका काला जातिका लेखकको ‘माता र पिता दुवै बनेको’ भनी लेखक तथा रंगमञ्च समालोचक हिल्टन आल्सले सन् २००३ को अक्टोबर महिनामा द न्यु योर्कर पत्रिकामा लेखे ।
मोरिसनलाई एक्लै राखेर उनको मूल्यांकन गर्न मिल्दैन । उनलाई काला जातिका लेखक र काला जातिको अध्ययनको शीर्षसमूहको केन्द्रमा राखेर मूल्यांकन गर्नुपर्छ । प्रकाशनगृह र्यान्डम हाउसकी एक सम्पादकका रूपमा उनले मुहम्मद अलीको आत्मकथा ‘द ग्रेटेस्ट’ सन् १९७६ मा प्रकाशित गरिन् र एन्जेला डेभिसका पुस्तकहरू पनि बाहिर ल्याइन् ।
मोरिसन अत्यन्तै सम्मानित र प्रिय लेखिका हुन् (बाराक ओबामा र ओप्रा विन्फ्रे उनका प्रशंसक थिए) । उनी सर्वाधिक अध्ययन र समालोचना गरिएकी लेखिका पनि हुन् । उनले अफ्रिकी अमेरिकीहरूलाई लाक्षणिक रूपमा आवाज दिइन् अनि उनीहरूको (बोलीचालीको, श्रव्य र अनौपचारिक) भाषालाई पनि आफ्ना उपन्यासमा पुनः सिर्जना गरिन् र उनीहरूको जीवन पनि दर्शाइन् । उनी जहिले पनि आफ्नो प्रयास विश्वसनीय बनाउन चाहन्थिन् अनि कुनै पनि विषयवस्तुको भित्री गहिराइलाई बुझेर त्यसलाई अभिव्यक्त गर्न चाहन्थिन् । सन् १९८१ मा उनले द न्यु रिपब्लिकलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘मलाई कसैले मेरा पुस्तकहरू ‘काव्यात्मक’ छन् भनेको चित्त बुझ्दैन किनकि त्यसले अनावश्यक फुँदा जोडेको भाषाको संकेत दिन्छ । म काला जातिका मानिसले बोल्ने भाषालाई आफ्नो मूल शक्तिशाली रूपमा पुनःस्थापना गर्न चाहन्छु । त्यसका लागि भाषा सघन हुनुपर्छ तर बुट्टेदार हैन ।’
मोरिसनको विशेषता नै शक्तिशाली भाषा हो र उनलाई यसैका लागि सधैं सम्झिइनेछ । नोबेल पुरस्कार पाएपछि दिएको सम्भाषणमा उनले बुद्धिमती वृद्धा र चराको कथा हालेर लेखक र भाषाका विषयमा कुरा गरिन् । ‘लेखक हुनुको नाताले उनी भाषा आंशिक रूपमा एक प्रणाली हो, आंशिक रूपमा एक जीवन्त वस्तु हो जसमा नियन्त्रण राख्न सकिन्छ र मुख्य रूपमा कर्तृत्व हो– त्यस्तो काम जसको परिणाम हुन्छ भन्थिन् ।’ मोरिसनका लागि भाषा एक कर्म थियो, कार्य थियो, यसले बनाउँथ्यो पनि बिगार्थ्यो पनि । यसले चोट दिन्थ्यो अनि यसले सुरक्षा दिन्थ्यो ।
मोरिसनलाई अफ्रिकी अमेरिकी लेखिकाका रूपमा सधैं सम्झिइनेछ तर उनको प्रभाव कुनै पनि सीमामा बाँधिएको छैन । उनका उपन्यासहरूमा एक विशेष परिवेश देखिएपनि उनको लेखनी त्यस परिवेशभन्दा निकै टाढासम्म प्रतिध्वनित हुन्छ । उनका ‘सङ अफ सोलोमन’, ‘सुला’, ‘टार बेबी’ लगायतले पाठकलाई च्याप्प समात्छ अनि फुत्किन दिँदैन । यी उपन्यासले अस्वीकार र आत्मघृणा, अपनत्व तथा विरक्तिका कथा भन्छन् तर अन्ततोगत्वा यी सबै प्रेमकै कथा हुन् ।
ओपन म्यागजिनमा प्रकाशित नन्दिनी नायरको आलेख
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...