×

NMB BANK
NIC ASIA

'प्लाष्टिक' चामल आतंक

बजारमा ‘प्लाष्टिक चामल’को आतंक : नियामक भन्छन्– ‘इन्टरनेटमा हेरेर हौवा फैलाइयो’

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - पछिल्लो समय बजारमा प्लाष्टिकको नक्कली चामल भेटिएको भन्दै आतंक सिर्जना भएको छ । उपभोक्ताले बजारमा प्लाष्टिकको चामल भेटिएको भन्दै नियामक निकायहरुमा उजुरी गरेका छन् । उपभोक्ता सम्बन्धी नियामक निकाय आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी हालिएको दुवै विभागले जानकारी दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग अन्तर्गतको वीरगन्जस्थित वाणिज्य कार्यालयमा प्लाष्टिकको चामल भन्दै उजुरी परेपछि गत शुक्रवार वीरगन्जका चामल उद्योगहरुमा कार्यालयले छापा मारेको थियो । वाणिज्य कार्यालयले छापा मारेर प्लाष्टिकको चामल भनिएको चामलको नमूना संकलन गरी परिक्षणका लागि वीरगन्जमै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको जानकारी पाएको आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुक्रवार वीरगन्जस्थित वाणिज्य कार्यालयले प्लाष्टिकको चामल भनिएको चामलको नमूना परिक्षणका लागि पठाएको जानकारी गराएको छ’ उनले आइतवार लोकान्तरसँग भने, प्लाष्टिकको चामल भन्दै यहाँ विभागमा पनि उजुरी पर्ने गरेका छन् ।’


Advertisment
Nabil box
Kumari

महानिर्देशक गौचनका अनुसार काठमाडौं स्थित बबरमहलमा रहेको विभागको कार्यालयमा दुई वटा उजुरी परेका छन् । करिब एक हप्ता अघि एउटा उजुरी परेको र त्यसपछि एक सञ्चारमाध्यमले समेत प्लाष्टिकको चामल भन्दै विभागमा उजुरी गरेको गौचनले बताए । ‘एक हप्ता अघि एक उपभोक्ताले चामल नै लिएर आएर उजुरी गर्नु भएको थियो’ उनले भने, ‘त्यसपछि एभिन्युज टेलिभिजनले पनि प्लाष्टिकको चामल भन्दै उजुरी गरेको छ, ।’

Vianet communication
Laxmi Bank

गौचनले अघिल्लो दिन उजुरी गर्ने उजुरीकर्ता चामलको नमूना सहित आएकाले उनको चामल खरिद गरेर परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बताए । ‘परिक्षणका लागि खरिद गरेर हामीले सुरुमा चामलको दानालाई आगो लगाएर हेर्यौं’ उनले भने, ‘आगो लगाएर हेर्दा प्लाष्टिकको जस्तो देखिएन । खाद्य विभागमा पठाएका छौं, अब नतिजा के आउँछ,?’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी बैद्यले प्लाष्टिकको चामल भन्दै परीक्षण गर्न भनेर वाणिज्य विभागले नमूना पठाएको बताइन् । नमूना पठाएको र परीक्षणको नतिजा आउन बाँकी रहेको जानकारी दिँदै उनले प्लाष्टिकको चामल हुनै नसक्ने दावी गरिन् ।

उपभोक्ताले इन्टरनेटमा देखेर आशंकाका भरमा उजुरी गर्ने गरेको भन्दै उनले प्लाष्टिकको चामल हुनै नसक्ने दाबी गरिन् ।
‘प्लाष्टिक आफैंमा डेढ सय देखि ५ सय रुपैयाँ किलोग्रामका दरले छ’ उनले भनिन्, ‘त्यति महंगो प्लाष्टिकको चामल बनाएर चामलको मुल्यमा कसले विक्री गर्छ ? जबकी उपभोक्ताले ल्याएको चामलको मुल्य नै त्यो भन्दा सस्तो बताउने गरेका छन् ।’

उपभोक्ताले गुगल र युट्युवमा देखेको भरमा प्लाष्टिकको चामल भनेर उजुरी गर्दा अचम्म लागेको जोशीले बताइन् ।
‘यो इन्टरनेटमा आएको एउटा हौवा हो’ उनले भनिन्, ‘पकाउनु पनि भएको छ । खाइरहनु पनि भएको छ । पचाउनु पनि भएकै छ भने कसरी प्लािष्टकको चामल हुन सक्छ?’
त्यस्तै उनले प्लाष्टिक पानीमा नभिज्ने हुनाले प्लाष्टिकको चामल भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताइन् ।

‘वर्षौंदेखि उपभोग गरिँदै आएको चामल कसरी प्लािष्टक हुन्छ ? न प्लाष्टिक भिज्छ । मलाई अचम्म लागिरहेको छ, ।’
यस विषयमा आफ्नो विभागमा समेत उजुरीहरु आउने गरेका र अहिलेसम्म प्लाष्टिकको चामल ननिस्केको उनको भनाई छ ।
‘नमूना पनि आएको थियो’ उनले भनिन्, ‘साथीहरुले सामान्य टेष्ट गरेर ल्याबमा पठाउनु भएको छ, ।’

यसअघि दुई तीन वर्ष अघि पनि प्लाष्टिकको चामल भन्दै खुब हल्ला चलेको र विभागले नमूना ल्याएर परिक्षण गर्दा प्लाष्टिकको चामल ननिस्केको जोशीले बताइन् । यसअघि २०७३ साउनमा पनि प्लाष्टिकको  चामल भन्दै विभागमा उजुरी परेपछि विभागले सितापाइलास्थित एक चामल गोदाममा छापा मारेको थियो । त्यहाँबाट चामलको नमूना संकलन गरेर ल्याएर परिक्षण गर्दा वास्तविक चामल नै निस्केको विभागका अधिकारीहरुको भनाई छ ।
आपुर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गौचनले पनि हल्ला फैलिएजस्तो प्लाष्टिकको चामल हुनै नसक्ने दावी गरे । ‘हामीले आगो लगाउँदा पनि प्लाष्टिकको जस्तै बलेन’ उनले भने, ‘ बजारमा हल्ला फैलिए जस्तो प्लाष्टिकको चामल हुन सक्दैन, ।’

त्यस्तै उपभोक्ता अधिकारकर्मीहरुले पनि प्लाष्टिकको चामल हुनै नसक्ने भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्लाष्टिकको चामल हुनै नसक्ने भन्दै उपभोक्ता गर्व नआत्तिन आग्रह गरे । ‘चामलको जस्तै देखिने प्लाष्टिकको म्यानुअल्सहरु नै ८ सय रुपैयाँ किलोग्रामसम्मले पाइन्छ’ उनले भने, ‘त्यति महंगो प्लाष्टिक चामलमा मिसाउने सम्भावना नै रहेन । बरु कुनै कुनै चामल चाँही पाकेपछि प्लाष्टिक जस्तो देखिन्छ । त्यसले हानि गर्ने कुरा भएन । त्यसैले प्लाष्टिकको चामलकै विषयमा आम उपभोक्ता वर्गलाई म नआत्तिन्न आग्रह गर्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x