×

NMB BANK
NIC ASIA

तीनै तह संविधानअनुसार चल्नुपर्छ, साझा अधिकारका कानून निर्माणका क्रममा छन्– मन्त्री पण्डित

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राज्यका तहगत संरचनाबीच समन्वयका क्रममा आइपर्ने समस्यालाई समाधान गर्दै अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सातवटै प्रदेशमा पुगेर गरेको 'तहगत राज्य संरचनाको विकासमा समन्वय'सम्बन्धी प्रादेशिक अन्तरक्रियाको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'ले राष्ट्रिय सभाको आइतवारको बैठकमा पेश गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रतिवेदनमाथि सांसदहरूले धारणा राखिसकेपछि जवाफ दिने क्रममा मन्त्री पण्डितले भने– 'समस्याहरू आउँछन्, समस्या आउँदा समाधान गरेरै अघि बढ्छौं । समस्या सकेसम्म कम आओस् भन्नेमा संघीय सरकार प्रतिबद्ध छ ।'

राज्यका तीनै तह संविधानअनुरूप चल्नुको विकल्प नरहेको उनले बताए ।

'संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह संविधान अनुसार चल्ने बाहेक अन्यथा सोच्न हुँदैन,' मन्त्री पण्डितले भने, 'संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर मात्र कानूनहरू निर्माण गर्ने र प्रस्तावित विधेयकहरू संसद्बाट पारित हुने भएकाले संविधान एकातिर र विधेयक अर्कोतिर कदापी हुँदैन ।'

नेपालको संघीयता मौलिक प्रकृतिको रहेकाले अभ्यास पनि मौलिक नै हुने उनले बताए ।

आफ्नो मन्त्रालयले प्रदेश र स्थानीय तहलाई ३६ वटा कानूनको नमूना उपलब्ध गराएर सहजीकरण गरेको र चालू आवमा पनि १३ वटा नमूना कानून उपलब्ध गराउने तयारीमा रहेको उनले बताए ।

संघीय निजामती सेवासम्बन्धी ऐन संसद्‍मा छलफलमा रहेको र प्रदेश निजामती सेवा तथा स्थानीय सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनको मस्यौदा तयार पारी सम्बन्धित मन्त्रालयहरूमा रायका लागि पठाइएको मन्त्री पण्डितले बताए । 

केही प्रदेशमा प्रदेश लोकसेवा आयोग गठनको प्रक्रिया समेत अघि बढिसकेको उनको भनाइ छ ।

तीन तहका सरकारको साझा अधिकारसम्बन्धी विषयमा कानून नबनेको भनेर उठेको प्रश्नमा मन्त्री पण्डितले त्यससम्बन्धी कानूनहरू पनि सम्बन्धित मन्त्रालयले तयार पारिरहेको बताए ।

त्यसअघि उक्त प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरू ठगेन्द्रप्रकाश पुरी, कोमल ओली, वृषेशचन्द्र लाल, रामनारायण बिँडारी, डा. बिमला पौडेल राई, जीतेन्द्रनारायण देव, खिमलाल भट्टराई, परशुराममेघी गुरुङ र प्रमिला कुमारीले भूमिका, जिम्मेवारी र अधिकारका सम्बन्धमा तीन तहमा छलफल चलाउनुपर्ने लगायतका सुझाव मन्त्री पण्डितलाई दिएका थिए । 

जवाफमा उनले संघीयता, सुशासन र योजना प्रणाली तथा सेवा प्रवाहका सम्बन्धमा चालू आवमा १५ हजार जनप्रतिनिधि तथा कर्मचारीलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए ।

सभापति रावलले पेश गरेको प्रतिवेदनमा प्रदेश र स्थानीय तहमा देखापरेका समस्या, आयोजना सञ्चालन, समन्वय र कानून निर्माणको अवस्था, साझा अधिकार सूची, स्रोत संकलन र बाँडफाँड, समन्वयिक विकासमा संघबाट निर्वाह गरिनुपर्ने भूमिकालगायत ११ बुँदे सुझाव तथा निर्देशन समावेश छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x