×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री स्वदेश फर्किँदा चुपचाप, अवैध रूपमा युरोप पठाउने कन्सल्टेन्सीमा विभागको छापा

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेका घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) प्रयोगविहीन बनेका छन् ।

Muktinath Bank

खाद्य तथा पेय पदार्थको अनुमगन गर्ने र शंकास्पद् लागेका खानेकुरा तत्काल परीक्षण गरी कैफियतका आधारमा जरिवाना गर्न सजिलो हुने भनेर खरिद गरिएका घुम्ती ल्याब प्रयोगविहीन बनेर थन्किएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घुम्ती ल्याब अनुमगनमै लैजाने र शंकास्पद वस्तु तत्काल परीक्षण गर्दा नतिजा समेत छिटो आउने भएकाले मिसावट लगायतका अस्वभाविक क्रियाकलाप नियन्त्रण गर्न सजिलो हुने भन्दै विभागले २ वटा ल्याब भ्यान खरिद गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका थप २ वटा ल्याब भ्यानसहित विभागसँग ४ वटा घुम्ती ल्याब छन् । ती ४ वटै ल्याब अहिले प्रयोगविहीन अवस्थामा थन्किरहेका छन् ।

Vianet communication
Laxmi Bank

ती भ्यान खरिदमा अनियमितता गरेको अभियोगमा तत्कालीन महानिर्देशक सञ्जीव कर्ण सहितका कर्मचारीविरुद्ध मुद्दा परेपनि विशेष अदालतले ल्याब प्रयोगका सम्बन्धमा आदेश दिएको कुरा आफूहरूलाई थाहा नभएको विभागका अधिकारीहरू बताउँछन् ।

२७ करोड भन्दा बढी मूल्य परेका भ्यानमा अहिले झार उम्रिन थालिसकेका छन्, अर्कातर्फ उपभोक्ताहरू गुणस्तरहीन वस्तु समेत उपभोग गर्न बाध्य बनिरहेका छन् । 

***

सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर प्रधानमन्त्री केपी शर्मा ओली सोमवार स्वदेश फर्केका छन् । 

स्वास्थ्य परीक्षणका लागि गत १८ गते शनिवार सिंगापुर गएका प्रधानमन्त्री स्वदेश फर्किंदा खासै प्रतिक्रिया जनाएनन् । 

‘मेरो स्वास्थ्य अवस्था हेर्दा नै थाहा भयो होला नि !’ प्रसन्न मुद्रामा देखिएका ओलीले संक्षिप्त प्रतिक्रिया दिए । 

फर्किसकेपछि सामाजिक सञ्जालमार्फत् उनले आफू स्वस्थ भएको प्रतिक्रिया सार्वजनिक गरेका थिए ।

ओलीको स्वागतका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री सहित सरकारका मन्त्रीहरू, सांसद तथा नेकपा नेता/कार्यकर्ता विमानस्थल पुगेका थिए ।

ओलीको स्वागतमा बिरलै देखिने सचिवालय सदस्य वामदेव गौतमपनि ओलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । 

विभागको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद भइरहेको समयमा विमानस्थलमा गौतमको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गौतमले नेकपाको संगठन विभागको जिम्मा पाउने लगभग पक्का भइसकेको छ । विभाग गठनमा सहमति कायम गर्न मंगलवा सचिवालय बैठक बस्दैछ । 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश जाने भएपछि नेकपा सचिवालय बैठक साउन १२ देखि १५ दिनका लागि स्थगित गरिएको थियो ।

***

राजधानीस्थित एलायन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गरेको छ ।

अवैध वैदेशिक रोजगारसम्बन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा आइतवार विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए ।

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जानअवेदन दिएका व्यक्तिहरूको आवेदन फाइल तथा राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरूको विवरण समेत अनुगमन टोलीले फेला पारेको थियो ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सीपीयु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई  आवश्यक बयानका लागि विभागमा उपस्थित हुन पत्र थमौती गरेको छ ।

पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरूसँग मोटो रकम लिई नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको भुसालले बताए । यस सम्बन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको उनको भनाइ छ ।

***

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौं तलामा सोमवार साँझ विद्युत् शर्ट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचौं तलाको एक कोठामा आगलागी भएको जानकारी दिए ।

आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईंले बताए ।

आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

***

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच सोमवार ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ ।

मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सवलीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । सोमवार आयोजित कार्यक्रममा मन्त्री पण्डितले संघीय निजामती ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिकरूपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराए ।

उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गर्न निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको छ, यसले राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनमा समीक्षा गरी वृत्तिविकासको अग्रसर प्रदान गरिने छ ।'

विगतमा जे जस्तो भएको भए पनि अब राम्रो काम गर्नेलाई उचित मूल्याङ्कन गरिने बताउँदै कार्यालयको समय अवधिभित्र निजी स्वार्थका कार्य नगर्न र सेवा प्रवाहमा कर्तव्य पूरा गर्न मन्त्री पण्डितले आग्रह गरे । सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन उक्त सम्झौता महत्वपूर्ण रहेको बताए ।

उनले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी पनि दिए ।

***

इस्लाम धर्मावलम्बीहरूले आफ्नो दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) धुमधामका साथ मनाएका छन् ।

देशका विभिन्न भू–भागमा छरिएर रहेका मुस्लिम धर्मावलम्बीहरूले समूहमा भेला भई सामूहिक नमाज पाठ गरे ।

यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने प्रमुख विशेषता रहेको छ ।

बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x