×

NMB BANK
NIC ASIA

पशुपतिलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

साउन २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

Muktinath Bank

विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदले सुझाव दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सभापति दिलकुमारी रावलले भने, ‘पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत गर्न व्यावहारिक कानूनी समस्या के के छ त्यसको जानकारी पाए सरोकार भएका सबै निकायलाई समितिको बैठकमा डाकी समस्या समाधानमा सहयोग गर्छौं ।’


Advertisment
Nabil box
Kumari

गुरुयोजना ५० वर्षसम्मका लागि बनाइनुपर्ने सुझाव पनि समितिले दिएको छ । हाल कोषको गुरुयोजना निर्माण भइरहेको छ । काठमाडौं महानगरपालिका, ३ नम्बर प्रदेश सरकारलगायत सरोकार भएका सबै निकायलाई पशुपतिलाई व्यवस्थित गर्ने छलफलमा डाकिने प्रतिबद्धता सभापति रावलको थियो । 

Vianet communication
Laxmi Bank

समितिले चासो दिएर छलफलमा बोलाएपछि नापी विभागले पशुपति क्षेत्रको जग्गा नापजाँचमा सहयोग गरेको थियो । सांसद खिमलाल भट्टराईले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका मन्दिर, धर्मशाला, पाटीपौवालगायत संरचना अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार निर्माण गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । पशुपति क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न गौशालालाई आधुनिक बनाइनुपर्ने उनको भनाइ थियो । 

पशुपति क्षेत्र विकास कोषले चलाएको नेपाल वेद विद्याश्रमलाई समेत व्यवस्थित बनाउन सांसद भट्टराईले सुझाव दिए । सम्पदा स्थललाई पर्यटनसँग जोडेर अर्थतन्त्र वृद्धिमा उपयोग गर्नुपर्ने सांसदहरूको भनाइ थियो । ‘धार्मिक पर्यटकीय स्थललाई विकास गर्ने सरकारको नीति भएकाले सहयोगमा कमी हुँदैन, कोषले यो क्षेत्रको गुरुयोजना तयार गरी त्यस अनुरुप काम गरोस् सबै सरोकार भएका निकायको सहयोग हुन्छ,’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद भट्टराईले भने । 

सांसद खेमराज नेपालीले पशुपतिनाथका नाममा रहेको जग्गा जमिन एवं सम्पत्तिको दुरुपयोग हुनु नहुने बताए । पशुपतिका नाममा रहेको गुठी जग्गा उपभोग गर्नेले समयसापेक्ष भाडा दिने गरी व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । पशुपतिका केही जग्गा धेरै वर्ष पहिलेजस्तो अझै मानापाथी कुत आउने गरी दिइएको छ । त्यसमा पुनरावलोकन गर्न पनि सांसदहरूले सुझाव दिए ।

सांसद सुरेन्द्रराज पाण्डेले सम्पत्ति भएपनि पशुपतिनाथले मागेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । विश्वभरका वैदिक सनातन धर्मावलम्बी आउने पशुपति क्षेत्र वरपरका सडकमा जेब्रा क्रस र आकाशे पुल नहुँदा आवतजावत एवं बाटो काट्न समस्या हुने गरेकाले सरोकार भएका निकायलाई बनाउन आह्वान गर्नुपर्ने उनको भनाइ थियो । 

आर्यघाट क्षेत्रको अव्यवस्था हटाउन पनि सांसद पाण्डेले कोषको ध्यानाकर्षण गराए । सांसद रामचन्द्र राईले धार्मिक आस्था लिएर आउने तीर्थयात्री पशुपति क्षेत्र वरपरको फोहर देखेर नकारात्मक सोच लिएर फर्कने गरेकाले प्रत्येक दिन व्यवस्थापन गर्न सुझाव दिए । 

सांसदहरू धना खतिवडा, कोमल वली र दीपा गुरुङले चाडपर्व मेलाका समयमा भक्तजनलाई मन्दिर प्रवेशमा सहज हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । समिति सचिव सुदर्शन कुइँकेलले विद्युतीय शवदाह गृह सफाइ गर्दा ३ घण्टासम्म बन्द गर्दा शव दाउराबाटै जलाउन बाध्य हुनुपरेको गुनासो आएकाले समस्या समाधान गर्नुपर्ने बताए ।

सांसदका जिज्ञासाको सम्बोधन गर्दै कोषका सदस्य–सचिव ढकालले गुह्येश्वरीबाट तिलगंगासम्मको नदी सफाइ गर्न प्राविधिक अध्ययन भएकाले १ वर्षभित्र यस क्षेत्रको पानी सफा गर्ने कार्ययोजना बनाइएको जानकारी दिए । पशुपति क्षेत्रको भौतिक विकासका लागि सरकारले वार्षिक ३५ करोड रुपैयाँ विनियोजन गर्ने जानकारी समेत सो अवसरमा उनले दिए ।

‘साधुको भेषमा हिँड्ने मगन्तेलाई पशुपति क्षेत्रबाट हटाउने अभियानलाई निरन्तरता दिइएको छ, सीमाबाट ट्रकका ट्रक मगन्ते ल्याएर छिराउने गरिएको छ, एकथरी मगन्तेको बस्ने स्थल दरबारमार्गतिर भएकोसम्म सूचना पाएका छौं, यसलाई रोक्न सरोकार भएका सरकारी निकाय नै लाग्नुपर्छ,’ सदस्य–सचिव ढकालले भने ।

पशुपति क्षेत्रलाई नै ‘डम्पिङ साइट’ बनाउने एकथरिको योजनालाई विफल बनाउने गरी कोष लागेको उनको भनाइ थियो । सहयोगभन्दा असहयोग गर्ने संयन्त्रका कारण काम सोचेजति छिटो गर्न भने नसकिएको सचिव ढकालको स्वीकारोक्ति थियो । – पूर्णप्रसाद मिश्र/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x