×

NMB BANK
NIC ASIA

खेलमैदान निर्माणमा दलीय आरोप–प्रत्यारोप

साउन २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

रोल्पा- खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो ।

Muktinath Bank

प्रदेश नं ५ सरकारको रु ३० लाखको लागतमा बन्न लागेको खेलमैदान प्रक्रिया पूरा नगरी निर्माण गर्न लागिएको भन्दै नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका संयोजक जनक पुनले इलाका वन कार्यालय होलेरीमा उजुरी गरेपछि विवाद बढेको हो । उजुरीसँगै उक्त खेलमैदान निर्माणकार्य रोकिएको छ । पुनले गत साउन ६ गते उजुरी दर्ता गराएका थिए । खेलमैदान निर्माण गरिने ठाउँ सामुदायिक वनको क्षेत्र पर्ने भएकाले ठूलो मात्रामा वन विनाशको सम्भावना रहनुका साथै पर्यवरणीयरूपमा समेत प्रभाव पर्ने भएकाले तत्काल निर्माणकार्य रोक्न निवेदकले माग गरेको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कनसमेत गर्नुपर्ने भए पनि गाउँपालिकाले सो नगरी निर्माणकार्य अगाडि बढाएको निवदेक पुनले उजुरीमा उल्लेख गरेका छन् । यस पूर्व गाउँपालिकाको दुई स्थानमा खेलमैदान निर्माणको नाममा बजेट खर्च भइसकेकाले पुनः अर्को खेलमैदान बनाउनुको साटो पहिले बनेकालाई निरन्तरता दिनुपर्ने आफूहरुले सुझाव दिएको संयोजक पुनले बताए । 


Advertisment
Nabil box
Kumari

यसै विषयलाई लिएर दुई दलबीच प्रेस विज्ञप्ति निकालेर एकले अर्कोलाई उछितो काढ्ने काम भएको थियो । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले गत साउन ११ गते प्रेस विज्ञप्ति जारी गरेको थियो । जारी विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो आर्र्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने योजना यसै आर्थिक वर्षको साउन ४ गते मात्र निर्माण आरम्भ गरियो ।’ 

Vianet communication
Laxmi Bank

विज्ञप्तिमा सीमित व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरिएको, गाउँपालिकामा क्रियाशील राजनीतिक दलसँग छलफल, परामर्श नगरिएको आरोप लगाइएको छ ।  नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका संयोजक पुन र छायाँ सरकार प्रमुख टेकबहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफूहरु विकासविरोधी नभई विधि, प्रक्रिया मिचेर गरिने विकासलाई समर्थन गर्न नसकिएको औँल्याइएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रुन्टीगढी गाउँपालिकाले साउन १९ गते प्रेस विज्ञप्ति जारी गरेको छ । पार्टीको गाउँपालिका अध्यक्ष आशाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार असफल पार्न नेपाली काङ्ग्रेस शुरुआतदेखि नै प्रयासरत रहेको आरोप लगाइएको छ ।

पारदर्शी ढङ्गबाट निर्माणकार्य गर्न थालेपछि अत्तालिएको काङ्ग्रेसले खेलमैदान निर्माणकार्यमा गरेको अवरोधले प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त बजेट फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ ।

सार्वजनिक सूचनामार्फत प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको काम थालिनुका साथै सरोकारवालाको सहभागितामा छलफल गरी निर्माणकार्य आरम्भ गरिएको विज्ञप्तिमा दाबी गरिएको छ । स्थानीय तह निर्वाचनमा पूर्वनेकपा एमालले जिल्लाका दुई गाउँपालिका जितेको  थियो । सो मध्ये रुन्टीगढी गाउँपालिका एक हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x