अक्टोपससँग फोटो खिचाइन् महिलाले, भयो यस्तो हालत (भिडियो)

साउन २९, २०७६

काठमाडौं – अमेरिकाको वाशिङटनमा एक महिलाले अक्टोपससँग फोटो खिचाउने क्रममा दुर्घटनाको सामना गर्नुपरेको छ । 

एउटा प्रतियोगितामा भाग लिनका लागि जेमी बिसेग्लियाले अक्टोपससँग फोटो खिचाएकी थिइन् । उनले टाकोमा नैरोज ब्रिजनजिक फिशिङ डर्बीमा भाग लिएकी थिइन् । त्यहाँ केही मानिसले अक्टोपस समातेका थिए । जेमीले अक्टोपसलाई डिनर बनाउनका लागि मागिन् । 


ADVERTISEMENT

अनि जेमीले अक्टोपससँग तस्वीर खिचाउन लगाइन् । उक्त तस्वीरलाई उनले डर्बीमा हुने फोटोग्राफी प्रतियोगितामा पठाउन चाहेकी थिइन् । 

जेमीले भनिन्, ‘अक्टोपस निकै मुलायम थियो । उसले गाह्रो पार्ला भन्ने लागेको थिएन । त्यसैले फोटो खिचाउनका लागि मैले त्यसलाई अनुहारमा राखें ।’

उनले थपिन्, ‘अक्टोपस त मेरो अनुहारमा खेल्न थाल्यो । अचानक उसले मेरो चिउँडोमा टोकिदियो । उसले टोक्दा अनुहारमा कुनै तीखो कुराले घोचेको जस्तो अनुभव भयो । मलाई बेस्सरी पीडा भयो अनि अनुहारबाट रगत पनि निस्कन थाल्यो ।’

जेमी घटनाको दुई दिनसम्म पनि अस्पताल गइनन् । घटनाको भोलिपल्ट उनले डर्बी फिशिङ पूरा गर्नुपर्ने थियो । दुई दिनपछि उनको अनुहार र गला सुन्नियो । उनलाई खाना खान नै गाह्रो परेको थियो । उनलाई अनुहारको देब्रे भाग पक्षघात भएको जस्तो लाग्यो । 

औषधि खाएपछि भने उनलाई सन्चो भएको छ । घटनाबाट ठूलो पाठ पढेको जेमी बताउँछिन् । नचिनेको जनावरलाई नछोएकै राम्रो हुने जेमीको कथन छ ।

एजेन्सी


 

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस