एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

साउन २९, २०७६

बुटवल – एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल रुपन्देहीबीच एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधामा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नम्बर ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलका तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।


ADVERTISEMENT

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९५ शाखा कार्यालय, ३३४ एटीएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंैंकले पालना गर्दै आएको छ ।

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस