कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बुटवल - नवलपुर जिल्लाको मध्येविन्दु नगरपालिका पर्ने अरुणखोलाको पुल मर्मत गरी सञ्चालनमा ल्याउन केही दिन समय लाग्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने यो पुल बुधबार बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठिक्किदा दुई सय मिटर लच्किएको थियो ।
उक्त पुलको मर्मत सम्भारको काम सडक डिभिजन कार्यालय, बुटवलले हेर्दै आएको छ । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले ठक्करबाट पुलको ‘भल्टिक मेम्बर’ भाँचिएकोले सञ्चालनमा आउन हप्ता दिन लाग्ने बताए ।
‘पुल मर्मत पनि पुरानै अवस्थामा ल्याउन सकिन्छ तर केही दिन लाग्छ,' भाँचिएको पुल निरीक्षण गर्न पुगेका सुवेदीले लोकान्तरसँग भने, ‘पुलको ४० मिटर भाग दबेको छ । हामी र पुल महाशाखाको टोलीले मर्मतका काम अगाडि बढाउछौ ।’
२०३० सालमा बनेको पुल २ सय १४ मिटर लामो छ । यो पुल भएर दैनिक हजारौ सवारी साधन आवतजावत गर्छन । समय समय मर्मत गनुपर्न भए पनि मर्मत नहुँदा पुल कमजोर हुँदै गएको थियो । राजमार्ग क्षेत्रका धेरै पुलहरु अहिले कमजोर बन्दै गएका छन् ।
पुल तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सञ्चालनमा ल्याउन ढिलाई हुने भएपछि पुल नजिकैबाट बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन सञ्चालनमा ल्याइएको छ । डाइभर्सन बनाएर गाडी आवतजावत भएपछि बीच बाटोमा रोकिएका यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
सडक डिभिजन कार्यालयका अर्का इन्जिनियर दुर्गा गौतमले गाडीले फलामका संरचनामा ठक्कर दिँदा पुल दब्न पुगेको बताए । भल्टिकल मेम्बर भाँचिएको पुलमा गाडी चलाए अन्य ‘भल्टिक मेम्बर’ पनि भाँचिन सक्ने हुनाले गाडी रोकिएको बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...