कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
काठमाडौं – बाटला हाउसमा भारतीय प्रहरी र आतंकवादीहरूका बीचमा भिडन्त भएको थियो । यो फिल्मले त्यसैले इन्काउन्टरलाई विषय बनाएको छ ।
लेखक रितेश शाह र निर्देशक निखिल आडवाणीले उक्त इन्काउन्टरलाई आफ्नो दृष्टिकोणमार्फत पेश गरेका छन् । फिल्मले प्रहरी र धर्मको नाममा हुने आतंकवादी क्रियाकलापका विषयमा आम मानिसमा रहेको धारणा पस्केको छ ।
फिल्मका नायक सञ्जय कुमार (जोन अब्राहम) हुन् । उनकी पत्नी नन्दिता टीभी एंकर हुन् । इन्डियन मुजाहिद्दीनले भारतमा अपनाएको मोड्युललाई फिल्मको कथामा ढालिएको छ । बाटला हाउस इन्काउन्टरपछि दिल्ली पुलिसको स्पेसल सेलमाथि इन्टरनल इन्क्वायरी गरिएको थियो, त्यसलाई पनि फिल्ममा देखाइएको छ । सञ्जय कुमारको क्यारेक्टर त्यतिखेरका दिल्ली पुलिसका डीसीपी सञ्जीव यादवबाट प्रेरित छ ।
सञ्जय कुमार आफ्नो टीमका अधिकारी केके वर्मा, जितेन्द्र कुमार र अन्यको सहायताले दिल्ली र अन्य शहरमा भएका शृंखलाबद्ध बम विस्फोटका मास्टरमाइन्डलाई समात्न बाटला हाउस जान्छन् । त्यहाँ आदिल, दिलशाद र तुफैल लुकिरहेका हुन्छन् । परिस्थितिवश केके र पुलिस टीमले गोली चलाउनुपर्ने हुन्छ । गोलीकाण्डमा आदिलको मृत्यु हुन्छ । तुफैललाई प्रहरीले पक्राउ गर्छ र दिलशाद आफ्नो शहरतिर भाग्छ ।
तुफैल प्रहरीको केरकारमा इन्डियन मुजाहिद्दीनका कर्तूतलाई जायज ठहर्याउन खोज्छ । त्यसबीचमा प्रहरीमाथि मिडिया र मानवअधिकार संगठनहरूको नजर पर्छ । फर्जी इन्काउन्टर भएको भन्ने प्रश्न उठ्छ । धर्मको नाममा तीन निर्दोष युवालाई फसाइएको भन्ने कुरा आउँछ । धर्मको नाममा आरोपित देखिएका मानिस र उनीहरूमाथि हुने कारवाहीका विषयमा जाँच हुन थाल्छ ।
लेखक रितेश शाहले पिंक जस्तो फिल्म बनाएर गम्भीर सिनेमाका पारखीलाई खुशी पारेका थिए । यस फिल्ममा चाहिँ उनले आतंकलाई धर्मको नजरबाट हेर्नु गलत भएको देखाउन खोजेका छन् ।
सञ्जय कुमारको भूमिकालाई जोन अब्राहमले वास्तविकताको निकट राखेका छन् । तुफैल बनेका आलोक पाण्डेलाई निखिल आडवाणीले पूरा स्पेस दिएका छन् । आदिल अमीन बनेका क्रान्ति प्रकाश झाले शानदार अभिनय गरेका छन् । शहिदुर रहमानले दिलशादको भूमिकालाई न्याय गरेको अनुभूति हुन्छ । अन्य कलाकारको अभिनय पनि राम्रो छ ।
बाटला हाउसमा क्यारेक्टराइजेसन, लोकेसन र ट्रीटमेन्ट राम्रो छ । फिल्ममा नोरा फतेहीको आइटम नम्बर चाहिँ अनावश्यक थियो ।
फिल्मले सिस्टममा रहेको कमजोरीलाई वास्तविक रूपमा देखाएको छ । फिल्मको सम्पादन राम्रो भएकाले १४६ मिनेटको फिल्म भए पनि लामो लाग्दैन । आफ्नै गतिमा फिल्म निष्कर्षसम्म पुग्छ ।
फिल्म : बाटला हाउस
कलाकार : जोन अब्राहम, मृणाल ठाकुर, रवि किशन, राजेश शर्मा र क्रान्ति प्रकाश झा
निर्देशक : निखिल आडवाणी
विधा : याक्सन थ्रिलर
अवधि : १४६ मिनेट
दैनिक भास्करमा प्रकाशित समीक्षा
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...