×

NMB BANK
NIC ASIA

च्याउ टिप्न गएका वृद्धलाई भालुले खाइदियो (भिडियो)

साउन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसमा च्याउ टिप्न गएका एक वृद्धलाई खैरो भालुले खाइदिएको छ । त्यसको केही घन्टाअघि मात्र उनले पत्नीसँग आफूलाई भालुले खान सक्ने भनी मजाक गरेका थिए । 

Muktinath Bank

अलेक्जेन्डर कोर्नेयेभ नामक ६६ वर्षीय वृद्धले सानो चक्कु लिएर भालुलाई प्रतिकार गर्न खोजेका थिए । तर भालुले उनलाई कर्‍यापझ्याप पारेर मारेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मस्कोभन्दा ५३ सय माइल टाढा रहेको सुलुक गाउँमा घटना भएको हो । कोर्नेयेभलाई भालुले निकै चोटग्रस्त बनाएको थियो । 


Advertisment
Nabil box
Kumari

भालुलाई पछि गाउँलेहरूले गोली हानी मारेका थिए । कोर्नेयेभको मासु भालुको पेटमा फेला परेको थियो । 

Vianet communication
Laxmi Bank

सेवानिवृत्त रेलवे निर्माण कर्मचारी कोर्नेयेभले आफ्नी पत्नीलाई फोन गरेर भनेका थिए, ‘म च्याउ टिप्न जाँदैछु । मैले तिमीलाई बिहान १० बजेसम्म फोन गरिनँ भने मलाई भालुले खाएको ठान्नू ।’

गाउँका अध्यक्ष सर्गे र्‍याबोभले भने, ‘त्यो मजाक थियो तर उनले आफ्ना शब्दबाट खराब शक्तिलाई जगाए । जताततै रगत थियो । उनको सानो चक्कु दुई टुक्रा भएको थियो । लडाईं भएको जस्तो देखिन्थ्यो । उनको शरीर घोप्टो परेको अवस्थामा थियो । चोट नलागेको कुनै ठाउँ थिएन । भालुले मान्छे खाएछ ।’

कोर्नेयेभको भौतिक अवशेष स्थानीय रेलवे कामदारहरूले गाउँनजिकको कच्ची बाटोमा फेला पारेका थिए । 

उक्त क्षेत्रमा भालुहरूले मानिसलाई कहिले पनि आक्रमण गरेको थाहा नपाएको भन्दै स्थानीयहरू यो आक्रमणबाट स्तब्ध छन् । 

हालैका हप्ताहरूमा साइबेरिया र सुदूरपूर्वबाट भालुहरू गाउँ र शहर पस्न थालेका छन् । 

उक्त क्षेत्रमा बेस्सरी डढेलो लागेपछि भालुहरू त्यहाँबाट भाग्न बाध्य भएका थिए । उनीहरूका लागि खानेकुराको पनि अभाव भएको थियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

मानिसहरूलाई जंगल नजान अनि च्याउ नटिप्न आग्रह गर्दै संकेतचिह्नहरू राखिएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x