×

NMB BANK
NIC ASIA

बुटवल – सत्तारुढ दल नेकपाका प्रमुख सचेत भूमिश्वर ढकालको घरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Muktinath Bank

घटनामा संलग्नलाई हालसम्म पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशका विभिन्न ठाउँका घटनामा संलग्नका आधारमा विप्लव नेतृत्वको समूहले आक्रमण गरेको हाम्रो ठम्याइँ छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा–आमालगायत छन् । ढकाल सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विस्फोट नहुँदा मानवीय क्षति जोगिन पुगेको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

Vianet communication
Laxmi Bank

साथीको जन्मदिनलाई शुभकामना दिने भन्दै जाग्राम बसेकी पल्लो घरकी १ जना किशोरी सरू आचार्य र साबित्रा पोखरेलले ड्याम्म गरेको आवाज सुनेपछि चिच्याएर गुहार मागेका थिए ।

राति २ बजेको समयमा मोटरसाइकलमा चढेर आएका ३ जनाले बम हानेर भागेका थिए । छिमेकीहरू जुटेर लगत्तै आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हृदय थापा सहितको प्रहरीको टोलीले घटनास्थल पुगेर निरीक्षण गरेको थियो । त्यसक्रममा पेट्रोल र मट्टितेल भरिएका बम फालिएका र विस्फोट नभएको अवस्थामा फेला परेका थिए ।

ढकालकी धर्मपत्नी निर्मला ढकालले राति घर अगाडि बाइक आएपछि शंका लागेको बताइन् । त्यसबेला चोर आयो कि भन्दै शंका लागेको उनले बताइन् ।

मुख्यमन्त्री र सभामुखद्वारा निरीक्षण

घटनापछि प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले घटनास्थलमा पुगेर निरीक्षण गरेका छन् । त्यसक्रममा मुख्यमन्त्रीले घटनाको सूक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।  

छानबिनका लागि कुनै कसर बाँकी नराख्ने भन्दै पोखरेलले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने बताए । यस्ता अपराधपूर्ण कार्य सह्य नहुने उनको भनाइ थियो । सांसदले सुरक्षाको प्रत्याभूति बनाउन जरुरी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x