स्कूल विभागमा अन्तत: ईश्वर पोखरेलले मारे बाजी

साउन ३१, २०७६

काठमाडौं– लामो विवादपछि नेकपा स्कूल विभागको नेतृत्व अन्तत: ईश्वर पोखरेलले पाएका छन् ।

एकभन्दा बढी नेताको दाबीका कारण स्कूल विभागको नेतृत्वमा सहमति जुट्न नसक्दा विभागहरूको नेतृत्व टुंगिन सकिरहेको थिएन ।


ADVERTISEMENT

विशेष गरी पूर्वमाओवादी पक्षले पोखरेलको नाममा सहमति नजनाएको चर्चा भएको थियो ।

उक्त विभागमा नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए । अन्तत: श्रेष्ठलाई प्रचार विभाग दिएर स्कूलमा पोखरेललाई तोकिएको छ ।

यसका विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, संगठन विभागमा वामदेव गौतम, नीति तथा अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेले नेतृत्व पाएका छन् ।

साउन ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस