महिला पत्रकारलाई वन्यजन्तु अपराध नियन्त्रण तालीम

साउन ३१, २०७६

बुटवल- वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणका विषयमा महिला पत्रकारलाई आज बुटवलमा तालीम दिइएको छ ।

सञ्चारिका समूह नेपाल र नेचर मिडिया नेटवर्कको संयोजन तथा हरियो वन कार्यक्रमको सहयोगमा  भएको तालीममा प्रदेशका २६ महिला पत्रकारको सहभागिता रहेको छ । तालीममा राष्ट्रिय निकुञ्ज विभागका पूर्व निर्देशक श्याम बजिमय र वातावरण पत्रकार पिताम्बर सिग्देलले प्रशिक्षण दिएका छन् । 


ADVERTISEMENT

यस्तै डिभिजन वन अधिकृत इन्द्र पछाइले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सहजीकरण गरे । तालीम उद्घाटन कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष नितु पण्डितले वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणबारे खोजमूलक पत्रकारिताका लागि पत्रकार महिलालाई दक्ष बनाउने उद्देश्यले विभिन्न प्रदेशमा तालीम आयोजना गरिएको बताइन् ।     

तालीमका प्रमुख प्रशिक्षक राष्ट्रिय निकुञ्ज विभागका पूर्व निर्देशक बजिमयले वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणको विषय मिडियामा उठान गर्न यसबारे पत्रकार जानकार हुनु आवश्यक रहेको धारणा राखे । तालीममा वन्यजन्तुका प्रकार, अवस्था, समाचारका विषयबारे प्रशिक्षण दिइएको थियो ।

साउन ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस