उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ - देउवा

साउन ३१, २०७६

पोखरा - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

'हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु(एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी(काँग्रेस) त्यस्तो हुनेछैन,' उनले भने, 'यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ ।'

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए ।

स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा काँग्रेस स्पष्ट रहेको बताए ।

 

साउन ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस