कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
काठमाडौँ । बागबजारस्थित ललिता अधिकारीका दुई छोरी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कक्षा १ र ५ मा अध्ययनरत छन् । अहिले अधिकारीका दुवैजना छोरीको जीवनशैली फेरिएको छ ।
पहिले बिस्कुट, चाउचाउ, लेज, कुरमुरेजस्ता खानेकुरा उनीहरूलाई नभई हँुदैनथ्यो । खाजा खाँदा होस् वा खाना खान लाग्दा, पैसा लिएर पसल जाने र लेज तथा कुरमुरे हातमा राखेर मात्र भात खुवाउनु पथ्र्याे ।
दुवै छोरीलाई बजारमा पाइने ‘जङ्क फुड’ खाने बानी बसिसकेको थियो । छोरीहरूले कुनै विषयमा झगडा गरे पनि फकाउन पसलै जानुपथ्र्याे । चाउचाउ, लेज, कुरमुरे, फेन्टा, कोक, फ्रुटीजस्ता खानेकुराले मात्र छोरीहरूको चित्त बुझाउनुपर्ने अवस्था थियो । तर पछिल्लो समय ती दुई छोरीको बानीमा व्यापक परिवर्तन आएको छ । जङ्क फुडबिना बस्नै नसक्ने ललिताका छोरीहरू अहिले आमालाई चाउचाउ, चाउमिन, लेजजस्ता खानेकुरा खान हँुदैन भनेर सम्झाउने गर्छन् । कहिलेकाहीँ छिटोछरितो खाजाका लागि चाउचाउ ल्याए पनि छोरीहरूले आमालाई गाली गर्ने गरेका छन् ।
यतिमात्र होइन, छोरीहरू आफ्नो जन्मदिनमा दुई तीन सय रुपियाँको चकलेट लिएर विद्यालय जान्थे र सबै साथीलाई चकलेट दिएर जन्मदिन मनाउँथे । अहिले चकलेट होइन, हात धुने साबुन लिएर विद्यालय जाने गरेका छन् । उनीहरू जन्मदिनको उत्सव विद्यालयमा एउटा साबुन दिएर मनाउने गर्छन् ।
खानाअघि हात धुने, विद्यालय जाने बेलामा हातखुट्टा धोएर मात्र जाने, घरको सरसफाइदेखि अन्य धेरै कुरामा उनीहरूले ध्यान दिएका छन् । यो परिवर्तन त्यत्तिकै आएको होइन । पद्मकन्याजस्ता अन्य २० वटा विद्यालयमा प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेदेखि यी विद्यार्थीको जीवनशैलीमा परिवर्तन आएको हो ।
प्रदेश ३ सरकारले यो कार्यक्रम लागू गरेका अन्य २० वटा विद्यालयमा समेत विद्यार्थीमा आफ्नो जीवनशैली परिवर्तन भएको छ विद्यालयमा नर्सले सरसफाइ गर्ने तरिका, कस्तो खानेकुरा खाने, कुन खानेकुराले कुन पौष्टिक तत्व प्रदान गर्छ, कस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पु¥याउँछ जस्ता विभिन्न विषयमा जानकारी गराउने गरेका छन् । प्रदेश ३ सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत तथा विद्यालय नर्स कार्यक्रमका संयोजक मिलन घिमिरेले विद्यार्थीको बानी व्यवहारमा ठूलो परिवर्तन ल्याउन सफल भएको बताउनुभयो । गाेरखापत्रमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...