×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : नेकपामा जिम्मेवारी बाँडफाँटदेखि रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न म्याद थपसम्म

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित रहेकामध्ये मुख्य नेताहरूको जिम्मेवारी बाँडफाँटले नेताहरूबीचको मतान्तरलाई कम गराउने समेत देखिएको छ ।  पार्टी र सरकारबीचको समन्वय बढाई देशव्यापी एकताको सन्देश दिन ढिलाइ भएका बेला केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकिनुले कार्यकर्ता तहमा सकारात्मक सन्देश दिएको छ । पटक पटक स्थगन हुँदै आएको सचिवालय बैठकले शुक्रबार विभाग प्रमुख र प्रदेश सहइञ्चार्ज टुङ्ग्याएको हो । 

Sagarmatha Cement
Muktinath Bank

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा सचिवालय बैठकले ३३ केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तथा सात प्रदेशमा थप सहइन्चार्ज तोकेको हो । केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज निर्धारण, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको  बाँकी पूर्णताबारे शनिवार बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यसअघि सचिवालय, स्थायी कमिटी,  प्रदेश कमिटी, प्रदेश इन्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवसमेत टुङगो लागेको थियो । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको पार्टीले अन्तरिम विधान र राजनीतिक प्रतिवेदनलाई अन्तिमरूप दिई प्रकाशन गरिसकेको छ ।  तीन महिनाभित्र एकता प्रक्रिया पूर्णता दिइने घोषणा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

    बैठकले प्रदेश नं १ सहइन्चार्जम शेरधन राई र नरेश खरेल, प्रदेश नं २ मानागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश नं ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी,  गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी, प्रदेश नं ५ मा वैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला  तथा  सुदूरपश्चिम प्रदेशमा भानुभक्त जैशी र खगराज भट्टलाई थप गरेको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

    बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन र प्रतिष्ठान विभागमा नेता झलनाथ खनाल, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल, सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, प्रचारमा प्रवक्ता श्रेष्ठ र  अर्थ तथा योजना विभागमा सुरेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको पार्टीका महासचिच विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी ईश्वरी रिजाल र श्रीराम ढकाललाई दिने निर्णय गरेको छ । 

    केन्द्रीय विभागको जिम्मेवारी निर्धारण गर्ने क्रममा केही मन्त्रीले सम्हालेको मन्त्रालयकै विषयको विभागको जिम्मेवारी पाएका छन् । गृहमन्त्री रामबहादुर थापालाई राज्य व्यवस्था विभाग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उडड्यन विभाग, शिक्षा तथा मानवस्रोत विभागमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामान्य विभागको प्रमुख बनाइएको छ । 

    यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई उपभोक्ता हित तथा आपूर्ति विभाग, ऊर्जा तथा सिँचाइमन्त्री वर्षामान पुनलाई जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभाग, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई कृषि तथा भूमिसुधार विभाग, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण विभाग, खानेपानीमन्त्री विना मगरलाई खानेपानी तथा सरसफाइ विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । 

नेता गौतमलाई जिम्मेवारी दिन स्थायी कमिटीमा प्रस्ताव लाने निर्णय पनि गरेको बुझिएको छ । पार्टीको अन्तरिम विधानमा उक्त पदको व्यवस्था नभए पनि सचिवालयले यो नयाँ प्रस्ताव ल्याएको हो । पार्टीका नेता  झलनाथ खनालले बैठकमा दुवै अध्यक्षले गौतमलाई सो पदमा जिम्मेवारी दिन प्रस्ताव गरेको जानकारी दिँदै उक्त प्रस्तावमा आफूहरूले समर्थन गरेको बताए । 

गाईजात्रा मनाइयो

    प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायतका शहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइएको छ ।

    गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि शुरु भएको हो ।

    एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबार गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साज सज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको दायाँबायाँ हजारौँ नरनारी भेला भएका थिए ।

    ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

    पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन् ।

    माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिए ।  पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उनको भनाइ छ । 

    सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिए ।  घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको छ । 

दोधारा चाँदनीले पानी पाएन
    
नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ ।

    सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस) लाई तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी पु¥याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताले सन्धि कार्यान्वयन हुन सकेको छैन । 

    महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले महाकाली सन्धिअनुसार दोधारा चादँनीमा बनाउनुपर्ने १५ किलोमिटर मूल नहर निर्माणमा ढिलाइ भइरहेको बताए । उनका अनुसार सन्धिअनुसार बनबासा पुल नजिकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ ।

    अनुसन्धानका लागि पाँच दिन म्याद थप

    चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ । 

    न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । 

    प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलगायत तीन जनाको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, चुडामणि सापकोटासहित तीन वकिलले बहस गरेका छन् ।  तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ । कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।
    
    माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । लामिछानेका समर्थकले शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन् । उनीहरूले लामिछानेको यथाशीघ्र रिहाइको माग गरेका छन् । लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट तथा कार्कीलाई काठमाडौँको कलङ्कीबाट बिहीबार साँझ पक्राउ गरिएको थियो । 

पेट्रोल पम्पलाई कारवाही

    गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ । 

    आर्थिक वर्ष २०७५÷७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपझोत्ता ठगी गरेका गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए । 

    कारवाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही रु १० हजार जरिवाना तथा तीन महीना कैद सजायको दाबी गरिएको छ ।
यसैगरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र रु ३० हजार जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए । 

सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैनः मन्त्री पण्डित
    
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् । 

    प्रेस सङ्गठनले शुक्रबार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।  मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने उल्लेख गर्दै निर्ममम ढङ्गले निर्णय लिइने बताए । 
    
    मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गरे । 

तीन दिनसम्म भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
    महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

        महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आगामी भदौ १ गते आइतबार पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्ष पक्राउ

    तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।  शणार्थीका सन्तानलाई वडा कार्यालयबाट वंशजको  नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकाले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिए । 

     सोही वडाका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग विवाह गरेका छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएका थिए । थापाका नातिनी सरु र तासी आङ्मोले जिल्ला प्रशासनबाट गत जेठ २६ र असार ६ गते नेपाली नागरिकता लिएका थिए ।

    झुटो विवरण पेश गरेर उनीहरूले नागरिकता लिएको भन्ने उजुरी आउनासाथ प्रशासनले  दुवै जनाको नागरिकता जफत गरेको थियो भने झुटो विवरण पेश गर्ने थापासहित घटनामा संलग्नहरूलाई पक्राउ गरेको थियो । 

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

    मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । 

चन्द समूह परित्याग

    नेत्रविक्रम चन्द समूहमा सक्रियरूपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् । 

    सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आउनुभएका २५ वर्षीय बालकुमार बुढा रहेका छन्। 


धर्म प्रचार गर्न खोज्ने पक्राउ

धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । 
    
    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रूपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रहरीले उनीहरूका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।  
    


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x