विप्लव समूह परित्यागको घोषणा

साउन ३२, २०७६

रुकुम ।    नेत्रविक्रम चन्द समूहमा सक्रियरूपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् । 

    सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आउनुभएका २५ वर्षीय बालकुमार बुढा रहेका छन्। 
 


ADVERTISEMENT

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस