×

NMB BANK
NIC ASIA

संग्रहालयमा जीवराज

जीवराज आश्रितको त्यो फिलिप्स रेडियो, १३ सय रूपैयाँ र पुराना कोट !

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवल मिलचोकबाट पूर्वपट्टि लागेपछि सिधै गए दीपनगर पुगिन्छ । दीपनगर हिलपार्क पुग्ने बाटो अग्लो ४ तले ठूलो भवन छ ।

Sagarmatha Cement
Muktinath Bank

भवनमा लेखिएको छ – जीवराज आश्रित प्रतिष्ठान अर्थात् आश्रित संग्रालय । भवनको सिँढी उक्लेर दोस्रो तला पुग्नासाथ ढोकाबाट ठूलो तस्वीर देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरमा जीवराज आश्रित मुस्कुराइरहेका छन् । कोठाभित्र पसेपछि देब्रेपट्टि स्वर्गीय आश्रितले लगाएका लुगा, पढेका पुस्तक, अन्तिम समय उनको गोजीबाट फेला परेको १ हजारको नोट र अन्य सयसयका ३ वटा नोट । त्यसका साथ उनले प्रयोग गर्ने घडी, सुन्ने फिलिप्स कम्पनीको रेडियो देख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

तत्कालीन नेकपा एमाले संगठन विभाग प्रमुख आश्रित चितवन जाँदै गर्दा विक्रम संवत् २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो । निधनपश्चात् उनको रहेको १३ सय रुपैयाँ निकालिएको थियो । उक्त रकम आश्रित प्रतिष्ठानले संरक्षण गरेर राखेर संग्रालयमा सुरक्षित साथ राखिएको छ । 

Vianet communication
Laxmi Bank

संग्रहालयमा आश्रितले भूमिगत हुँदा लेखेका महत्त्वपूर्ण दस्तावेज र पत्र, उनका तस्वीर, उनी बस्ने कुर्सी र अध्ययनका लागि प्रयोग गर्ने टेबल, उनको झोला, श्रव्य–दृश्यमा उनको जीवनी देख्न पाइन्छ । दासढुंगामा जीप दुर्घटनामा परी निधन भएका आश्रितको सम्मान र उनको योगदानको उच्च कदर गर्दै बुटवल–९ दीपनगरमा जीवराज आश्रित प्रतिष्ठान गठन गरिएको थियो । ओझेलमा परेका आश्रितको विचार र देनलाई स्मरणयोग्य बनाउन अहिले संग्रहालय बनाइएको छ । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले आश्रितलाई नचिनेका व्यक्तिले संग्रहालयमार्फत् चिन्ने बताउँछन् । ‘आश्रितलाई चिनाउन र बुझाउनै संग्रहालय खोलिएको छ । विद्यार्थीकालका साथी र राजनीतिक सहकर्मी आश्रितको जीवनशैली सरल र सामाजिक रहेको स्मरण गर्दै उनले देश र जनताकै लागि केही गर्ने उद्देश्य आश्रितको रहेको थियो ।’

‘आश्रित प्राविधिक शिक्षालय स्थापना र आश्रितको वृत्तचित्र बनाउने काम भइरहेको छ,’ उनले भने । आश्रित प्रतिष्ठान केही समय अगाडिदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । 

संग्रहालय अवलोकनका लागि विद्यार्थीलाई निःशुल्क फरक क्षमता भएका नागरिकको लागि र ज्येष्ठ नागरिकको लागि २५ र अन्य व्यक्तिलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । प्रतिष्ठानको पहलमा नेपाल सरकारले जीवराज आश्रितको आकृति अंकित ५ रुपैयाँको टिकट पनि प्रकाशित गरेको छ । आश्रितको ७५ औं जन्मजयन्तीको अवसर पारेर संग्रहालय खुला गरिएको हो । 

संग्रालयमा आश्रितसँग सम्बन्धित सामग्रीसँगै मानव विकासक्रम, पर्यटकीयस्थल, नेपाली समाजको विविध जातजातिका भेषभूषा, कला संस्कृति र परम्परासँग सम्बन्धित सामग्री, पर्यटकीय स्थल सजावट गरेर चिटिक्क पारिएको छ । 

सामाजिक र न्याय र समाजको सकारात्मक रूपान्तरणका लागि आफ्नो सम्पूर्ण जीवन व्यतित गरेका आश्रित नेपालको वामपन्थी आन्दोनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २००१ साउन १८ गते गुल्मीको हरेवामा आश्रितको जन्म भएको हो । विद्यार्थी कालबाट राजनीतिमा सक्रिय आश्रित २०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । 

प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर संग्रहालय निर्माण गरिएको बताए । संग्रहालय अवलोकन गर्न आउनेले आश्रितको जीवनी र उनले प्रयोग गरेका सामग्री पहिचान गराउँदा धेरै व्यक्तिहरू गम्भीर हुने गरेको बस्याल बताउँछन् ।

आश्रित कुशल संगठक मात्र नभएर सानैदेखि जातीय विभेद र असमानताको विरोध गर्थे । उनले घरबाटै त्यसको परिवर्तको शुरूवात गरी आफूले जनजातिसँग विवाह गरे भने बहिनीको समेत जनजातिमै विवाह गराएका थिए ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानको सचिवालय भवनमा स्थापना गरिएको संग्रहालयको गत वर्ष फागुन २५ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । आश्रितले नेपाली राजनीतिका आन्दोलन सफन बनाउन खेलेको भूमिका र पुर्‍याएको योगदानको स्पष्ट झल्को दिने गरी संग्रहालयलाई अझै व्यवस्थित र स्तरोन्नति गदै लैजाने प्रतिष्ठानका महासचिव कल्पना थापाले बताइन् ।

जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौं भन्ने मूल मान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा विक्रम संवत् २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो ।

विक्रम संवत् २००१ साउन १८ गतेका दिन गुल्की जिल्लाको हरेवामा जन्मेका आश्रित विद्यार्थीकालबाट राजनीतिमा सक्रिय भएका थिए । उनले विक्रम संवत् २०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । 
आश्रितले विक्रम संवत् २०२६ देखि २०२८ गतेसम्म जेल जीवन बिताएका थिए । तत्कालीन नेकपा एमालेको संगठन विभाग प्रमुख आश्रितको पार्टी निर्माणकै क्रममा चितवन जाँदै गर्दा विक्रम संवत् २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो । उनीसँगै मालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको पनि निधन भएको थियो ।

सामाजिक र न्याय र समाजको सकारात्मक रूपान्तरणका लागि आफ्नो सम्पूर्ण जीवन व्यतित गरेका आश्रित नेपालको वामपन्थी आन्दोनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २००१ साउन १८ गते गुल्मीको हरेवामा आश्रितको जन्म भएको हो । विद्यार्थी कालबाट राजनीतिमा सक्रिय आश्रित २०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । 

प्रतिष्ठानले आश्रितका समकालीन विचार एवं योगदानको साथै उनका प्रकाशित अप्रकाशित मन्तव्य लेखको संग्रह, खोज तथा अनुसन्धान, प्रकाशित गर्दै त्यसको प्रचार प्रसार र संरक्षणमा जुटेको थापाले महासचिव थापाले बताइन् ।

प्रतिष्ठानका आजीवन सदस्य ३९, संस्थापक सदस्य १९३, विशिष्ट सदस्य ७९, साधारण सदस्य ६२ र संस्थागत सदस्य २ जना रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x