युवा सङ्गम समूहले गर्याे तीजका अवसरमा सरसफाइ

साउन ३२, २०७६

पोखरा- नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ ।

सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए । 


ADVERTISEMENT

समूहले हरितालिका तीजकै अवसरमा विगत चार वर्षयता गर्दै आएको तिज गीत, मैत्रीपूर्ण भलिबल, ठेलो हान्ने, डोरी तान्नेलगायतका प्रतियोगितात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उनले बताए । 

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस