कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – अहिले अपराध अनुसन्धान महाशाखाको कमाण्ड वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शहकुल थापाले सम्हालिरहेका छन् । उनले यसअघि पनि हालका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको ‘ट्वाइसी’को रुपमा काम गरेका थिए ।
२०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेका थापाले द्वन्दकालको समयमा रोल्पा, रुकुम, डोल्पा, गोरखा र काभे्रमा समेत सेवा गरेका थिए । उनै थापासँग लोकान्तरका सुरक्षा संवाददाता गगन अर्यालले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –
मेरो जन्म २०२५ मंसिरमा मध्यम परिवारमा भएको हो । परिवारमा ३ दिदीबहिनी र ३ दाजुभाइमध्ये कान्छो सन्तान हु म । घर काभ्रे नजिकै सूर्यविनायक हो ।
गाउँ नजिकै काभ्रेको महेन्द्र माध्यमिक विद्यालय साँगामा विद्यालय अध्ययन गरेको हुँ ।
बाल्यकालमा बिदाको दिन खेतमा काम गर्न र साथीभाइसँगै मेलापात जाने गरिन्थ्यो । उकाली–ओराली खेतको बाउसे, धानको भारी बोक्ने, काठको भारी बोक्ने यावत् सबै काम गरियो ।
काम गरेरै पढियो । पढाइमा म प्रथम हुने भएकाले विद्यालय व्यवस्थापन समितिको आग्रहमा शिक्षक समेत बने । त्यो बेलामा एसएलसी पास गर्दाखेरी नै छोराले विवाह गरोस्, जागिर खाओस् भन्ने बुवाआमा र आफन्तको चाहना हुन्थ्यो ।
२०४१ सालमा एसएलसी पास गरेको हुँ । एसएलसीपछि मिनभवन नेपाल कमर्स क्याम्पसमा कमर्स विषय लिएर आईकम अध्ययन गरें ।
नेपाल राष्ट्र बैंकमा जागिर
घरको काम गर्दागर्दै आईकम गरेपछि नेपाल राष्ट्र बैंकमा ‘नोट गन्ने जाँच्ने’ पदमा भर्ना खुलेको रहेछ, मैले पनि खुला प्रतियोगितामा नाम निकाले ।
नेपाल राष्ट्र बैंकमा थापाथलीमा काम गर्थें । त्यही समयमै बीकम पनि पास गरे । राष्ट्र बैंकमा जागिर खाँदाखाँदै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा खुला भर्तीका लागि भिडें ।
शारीरिक, लिखित र अन्तर्वार्ता पास त गरें तर फुली लगाउन भने पाइनँ । किनकि त्यो बेलामा फुली लगाउन अविवाहित चाहिन्थ्यो । म पहिल्यै नै विवाहित भएकाले सेकेण्ड लेफ्टिनेन्टमा जागिर खान पाइनँ । सेनाको हेडक्र्वाटरबाट फर्किएँ, त्यो मेरो आफ्नै कारणले गर्दा थियो ।
फौजीमा जागिर खाने ‘जुनून’
मलाई फौजीमा जागर खाने ‘जुनून’ भने छँदै थियो । मलाई ‘इगोहर्ट’ भयो जसरी पनि फोर्समा नै जागिर खानुपर्छ भन्ने लाग्यो र नेपाल राष्ट्र बैंकको जागिर खाँदाखाँदै ‘ब्याच्लर’ पनि पास गरिसकेको थिएँ ।
त्यही बेलामा प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना खुल्यो । मैले पनि फाराम भरें र २०४९ चैत ११ गते नाम पनि निकालेर प्रहरी सेवामा जागिर शुरू गरेको हुँ ।
सशस्त्र द्वन्द्व शुरूवात
२०५२ सालमा मेरो पोस्टिङ काभे्र भयो । फागुन १ गतेबाट सशस्त्र द्वन्द्व भएपछि तत्कालीन माओवादीले सिन्धुपाल्चोकको विद्यालयमा पूर्णिमामा प्रसाद दिन गएका प्रहरी कर्मचारीलाई लखेटीलेखेटी मारेको भन्ने घटना घटेको थियो ।
ती प्रहरी कर्मचारी मार्ने तत्कालीन माओवादीका प्रभावशाली नेता ऐनप्रसाद गौतमलाई तत्कालीन चौरीपोखरी गाउँ विकास समितिबाट पक्राउ गरेको थिएँ । पक्राउ गरेको भन्दै पुरस्कार स्वरुप नेपाल प्रहरी ५ हजार रुपैयाँ समेत दिएको थियो । त्यहीँबाट नै युद्धमा प्रहरी संगठनको नाताले नेतृत्व गर्ने क्रम शुरूवात भएको थियो ।
काभ्रेमा १ वर्ष बसेपछि प्रहरी प्रधान कार्यालयमा आएँ र त्यसपछि लुम्बिनीमा सरुवा भएँ । मैले त्यो बेलामा आधार इलाका मानिएका जिल्लामा धेरै समय रोल्पा, रुकुम, काभ्रे, गोरखा र जुम्लामा बसेको छु । ११ वर्ष चलेको द्वन्द्वमा शुरूदेखि नै अनुभव बटुलेको हाम्रो टोली नै हो । २०५२ देखि २०६३ सम्म म प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवा भइसकेका थिएँ ।
त्यसबेला युद्धमा डीएसपीले नै कमाण्ड गर्ने गरेको थियो । ११ वर्षे जनयुद्धमा म मुठभेटमा भने परिनँ तर युद्धसँग डराउने भन्ने कुनै बेलामा पनि दिमागमा आएन, जहिले पनि तम्तयार भएर बस्थ्यौं ।
सानातिना डरहरू भने हुन्थ्यो किनकि मानिस न हो तर कताकता परिवार भएकाले अझ छोराछोरी भएकाले सम्झनाले सताउँथ्यो नै । जहिले पनि मुठभेठ भयो भन्ने समाचार आई नै रहन्थे, त्यसले गर्दा घरमा परिवार डराउने अवस्था स्वाभाविकै नै हो ।
त्यो बेलामा फोन पनि नहुने अवस्था थियो । सञ्चारको विकास भइसकेको थिएन । भएका सञ्चारका माध्यम पनि ध्वस्त भएका थिए, यसले गर्दा ‘होम सिक’ गर्थ्यो तर उदास र बैराग लाग्ने भन्ने भएन ।
२०६२/०६३ को आन्दोलनको अनुभव
२०६२/६३ को जनआन्दोलनमा प्रहरी प्रधान कार्यालयको विषेश प्रहरी कार्यदल ‘एसटीएफ’ विभागमा ‘सेकण्ड म्यान’को रुपमा थिएँ । जनआन्दोलन काठमाडौं केन्द्रित आन्दोलन भएकाले मैले आन्दोलनकारी बढी हुने क्षेत्र विशेष गरेर कलंकी, सामाखुशी, बल्खु र गोंगबु क्षेत्रको कमाण्ड सम्हालेको थिएँ ।
कार्यदल हुलदंगा नियन्त्रणको लागि हातहतियार, राम्रो अनुशासन र राम्रो तालिम प्राप्त प्रहरी सहितको दल हो । कृष्णप्रसाद सिटौला, सुजाता कोइराला र नेकपाका ठूला नेता लगायत धेरै नेतालाई समाएको थिएँ ।
प्रहरीको परिवार र समर्थन
मेरा २ वटा छोरी र एउटा छोरा छन् । छोरीको विवाह भइसकेको छ । प्रहरी कर्मचारीको परिवारमा समझदारी नभएको खण्डमा अप्ठ्यारो हुन्छ । किनकि आधा गाँस खाँदाखाँदै निस्कनुपर्ने, आधा निद्रामा ब्यूँझिएर निस्कनुपर्ने, थाकेर सुत्नै लाग्दा निस्कनुपर्ने अवस्था हुन्छ ।
प्रहरीलाई परिवार भन्ने पनि हुँदैन, अरु सुतिरहेको अवस्थामा हामी जाग्नुपर्छ, अरुले घुमफिर गरिरहने बेलामा हामी ड्युटीमा खटिनुपर्छ । हाम्रा पनि परिवारसँग घुम्ने, बिदा र आफन्तसँग भेटघाट गर्ने इच्छा भइहाल्छ तर देशको सुरक्षा र जनताको सेवाका लागि खटिरहेका हुन्छौं, यस्ता कुरा गौण हुन्छन् ।
एक उदाहरण दिनु पर्दा म रोल्पामा हुँदा दोहोरो मुडभेड भएको समाचार सुनिन्छ, अरुले के कुरा सुनाउँछ भनेर मेरी श्रीमती बाहिर ननिस्केको कुरा म काठमाडौं आएपछि सुनाउँथिन् । सुनाइहालेमा पनि हाँसीहाँसी टारेको कुरा श्रीमतीले सुनाउँथिन् ।
भन्नुको मतलब प्रहरी कर्मचारीको परिवारले ‘सपोर्ट’ नगर्दा घरपरिवार बिग्रिएका, जागिरै छोडेका उदाहरण पनि छन् । प्रहरी जहिले पनि अपडेट हुनैपर्छ । हामीले बोक्ने मोबाइल सेट सुत्दा पनि सँगै राख्नुपर्छ । यसरी राख्दा मेरा छोराछोरी र श्रीमतीले पनि सुन्नैपर्छ, यसको अर्थ प्रहरी कर्मचारीका परिवारले यसलाई स्वीकार्नैपर्छ ।
प्रेमिकाले छोडेको झोकमा अर्कैसँग बिहे
त्यो बेलामा मेरो १ जना केटीसँग मायापिर्ती बसेको थियो । विद्यालयमा जाँदा आउँदा मायापिर्ती बसेको थियो तर त्यसबीच ‘ब्रेकअप’ भयो । ब्रेकअपपछि अलिकति तनाव भएको थियो । त्यही बेलामा घरबाट विवाह गर्नुपर्ने माग आएपछि तनाव पनि थियो, ब्रेकअप पनि भएकाले मागी विवाह नै गरें ।
जीवनको रमाइलो किस्सा
म भक्तपुरमा बस्ने भएपनि विद्यालय भने काभ्रेको साँगामा थियो । यताबाट जाँदा अलि गहिरोमा मुसे गणेशथानको मन्दिर थियो । अहिले कार्यविनायक भनिन्छ ।
त्यो बेलामा काठमाडौं, बनेपा, बाह्रबीसे चल्ने ठूला बस र माइक्रो चल्थे । ती बसमा यात्रा गर्ने यात्रु र ड्राइभरहरूले गणेशथानमा एक सुका सिक्काहरू चढाउँथे, कसैकसैले मुठ्ठीका मुठ्ठी नै चढाउँथे ।
मेरो विद्यालय जाने बाटो पनि त्यही नै थियो । १–२ दिन त म विद्यालय नै नगइकन पैसा टिपेर बस्ने गर्थें ।
१ दिनको कुरा हो । मैले विद्यालय नै नगइकन सिक्का टिपेर बसेको र निलो सर्ट (विद्यालयको पोशाक) को गोजीभर सिक्काहरु जम्मा गरेको थिएँ । पैसा जम्मा गर्ने र विद्यालय नजाने निर्णय गरेको थिएँ ।
त्यो बेलामा घरबाट विद्यालयमा खाजा खान २० पैसा दिइन्थ्यो । २० पैसाले विद्यालयमा चना, तरकारी, बरफ खाएर पनि ५ सुका बच्थ्यो ।
१ दिन गोजीमा टन्न सुका पैसा जम्मा गरेर मन्दिर नजिकै बसेको बेलामा पल्लो गाउँमा मानिस आएर मेरो टाउको हिर्काए । उनले हिर्काएपछि म मन्दिर तलको खोलासम्म पुगेर लडें । लगभग ५०० मिटर तल । त्यसपछि म सुका पैसा टिप्न पनि गइनँ र विद्यालय जान थालें, मेरो जीवनको ‘टर्निङ पोइन्ट’ नै त्यै बन्यो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...