×

NMB BANK
NIC ASIA

कर्णालीका कृष्ण कँडेल : लोक संस्कृति संरक्षण सँगसँगै समाजसेवा

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णालीका पूर्व सैनिक हुन् कृष्ण कँडेल । उनी राजधानी काठमाडौंमा समेत कलाकारितामार्फत चर्चित छन् । 

Muktinath Bank

कला र गलाको माध्यमबाट राहत संकलन गरी हजारौं पीडित व्यक्तिको घाउमा मल्हम लगाइरहेका छन् कृष्ण कँडेल । सैनिक जीवन पूरा गरिसकेका कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०२९ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ लाटीकाँडामा जन्मेका कँडेल हाल कर्मभूमि संघीय राजधानीमा बस्दै आइरहेका छन् । सामाजिक अभियन्ता तथा लोककलाकर्मी कँडेल हाल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रुपमा स्थापित भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

३ भाइ र ४ दिदीबहिनीमध्ये कृष्ण माइला हुन् । बाल्यकालदेखि नै लोक संस्कृतिप्रति रुचि राख्ने कृष्णले ५ कक्षादेखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रम तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्थे । रेडक्रस र स्काउटका तालिम समेत कृष्णले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुने गरेको उनले सम्झिए ।

Vianet communication
Laxmi Bank

स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसीसम्मको अध्ययनपछि आरआर क्याम्पस काठमाडौंैंमा अध्ययन गर्दैगर्दा २०४८ सालमा नेपाली सेनामा भर्ना भएका कँडेलले उच्च शिक्षा हासिल गर्न पाएनन् ।

नेपाली सेनामा भर्ना भएलगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । सेवानिवृत्त भएलगत्तै माउन्टेन टेलिभिजनमा आवद्ध भएका कँडेलले सप्तरङ्गी इन्द्रेणीमार्फत नेपालको लोक संस्कृतिको संरक्षण सम्वद्र्धन गर्नमा योगदान पुर्‍याउँदै आएका छन् । उनले सयौं दिनदुःखीका लागि उपचार खर्च जुटाउनेजस्ता कार्यक्रम समेत सञ्चालन गर्छन् ।

६ वर्षअघि एबीसी टेलिभिजनमा जोडिएका कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रममार्फत नेपालको लोक कलासंस्कृति, सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने मात्र नभइ ओझेलमा परेका पर्यटकीय स्थल, भाषाको संरक्षण सम्वद्र्धनमा समेत अमूल्य योगदान पुर्‍याउदै आएका छन् । 

सिन्धुपलाञ्चोकको जुरेमाङखाका बाढीपीडित, २०७२ सालका भूकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितका लागि इन्द्रेणी कार्यक्रममार्फत राहत रकम जुटाउन कँडेलले योगदान गरे । यति मात्र होइन, कँडेलले इन्द्रेणी कार्यक्रममार्फत मृगौला बिग्रिएका, दृष्टिविहीन, प्यारालाइसिस, दुर्घटनामा परी उपचार गराउन नसकेका, अपाङ्गता र गरीबीका कारण घरबास नभएकालाई घरबास व्यवस्थापन, क्यान्सर पीडित, अनाथ बालबालिकाको व्यवस्थापन, गम्भीर प्रकृतिका रोगीको उपचार, साउदी अरबमा आजीवन काराबास सुनाइएका कैदीको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल गरेका छन् ।

‘इन्द्रेणी कार्यक्रमको माध्यमबाट सहयोगी दाताको सहयोगमा हालसम्म दुवै मृगौला गुमाएका ४६ जना, मुटुमा प्वाल परेकाजस्ता गम्भीर प्रकृतिका रोग लागेका ५ जना, अपाङ्गता भएका १२ जना, क्यान्सर पीडित ११ जनाको उपचार खर्च जुटाइसकेका छौं,’ उनले भने, ‘ती पीडितमध्ये अधिकांशको सफल उपचार भइसकेको र केहीको हाल उपचार भइरहेको छ ।’

लोक कलासंस्कृति संरक्षण सम्वद्र्धन सँगसँगै दिनदुःखी, असहाय, गरीब, विभिन्न खाले रोगबाट पीडित, प्रकोप पीडित तथा देश र विदेशमा बसेका नेपालीको पीडामा मल्हमपट्टि लगाउन तथा पीडा समाधान गर्न पाउँदा हर्षित भएको कँडेलले बताए ।

इन्द्रेणी कार्यक्रमको माध्यमबाट हालसम्म सयौं लोकसंस्कृति पे्रमी कलाकार उत्पादन गरिसकेको र दैनिक २० जनाभन्दा बढी पीडित सहयोग जुटाइदिन आग्रह गर्दै इन्द्रेणी समाजमा आउने गरेको कँडेल बताउँछन् ।

‘समाजसेवा नै सबैभन्दा ठूलो पुण्य हो जस्तो लाग्छ,’ उनी भन्छन्, ‘देश विदेशमा बसेका मनकारी नेपाली दाजुभाइको सहयोगमा हामीले यो काम गर्न सफल भएका हौं ।’ उनले धेरै पुरस्कार पनि पाइसकेका छन् । गोरखा दक्षिण बाहु, सुप्रबल प्रसिद्ध जनसेवा श्री, अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी प्राप्त गरेका छन् । 

संगीत जीवनमा सफल हुनुमा पत्नी प्रतिमा कँडेलको प्रमुख हात रहेको उनले बताए । उनी २ दर्जन बढी राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित भएका छन । आँशु गायकको रुपमा समेत परिचित कँडेलले लोक संस्कृतिको जगेर्ना गर्नु पनि आफ्नो सक्रियता रहेको बताए ।

‘अहिले लोक साहित्यलाई बंग्याउन खोजिँदैछ । मौलिक कला संस्कृतिको रक्षा तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘यसका लागि राज्यले नै अग्रसरता लिनुपर्छ ।’ उनले कला तथा साहित्य क्षेत्रमा जीवन व्यतित गरेका श्रष्टालाई राज्यले जीवन निर्वाहका लागि सहयोग गर्नुपर्ने बताउँछन् । 

‘पूरै समय कला साहित्य तथा लोक साहित्यमा खर्च गरेका अग्रजलाई राज्यले सम्मान गर्नुपर्छ,’ उनी भन्छन्, ‘बरु उनीहरूसँग भएको सीप, कला, साहित्यलाई राज्यले प्रयोग गर्ने र सोवापत उनीहरूलाई जीवन निर्वाह गर्न पुग्ने खर्च दिन जरुरी छ । यस्तो भएको खण्डमा अन्य युवालाई कला क्षेत्रमा लागि रहन र देशको मौलिकतालाई बचाइराख्न सहयोग पुग्ने मेरो अपेक्षा छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x