स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुग्यो

साउन ३२, २०७६

याङ्गुन-म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ ।
 
स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो । गत जनवरी १ देखि यही अगस्त १६ सम्ममा स्वाइनफ्लूको सङ्क्रमण ४६३ जनामा भेटिएको पुष्टि भएको थियो ।
 
यसअवधिमा सबैभन्दा धेरै जनाको मृत्यु याङ्गन क्षेत्रमै भएको छ । यस क्षेत्रमा ६६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
 
त्यसैगरी १२ जनाको मृत्यु भएको एयेयार्वाडी दोस्रो धेरै जना मृत्यु हुने ठाउँमा परेको छ भने तेस्रो धेरै जनाको मृत्यु बागोमा भएको छ । बागोमा सात जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस