×

NMB BANK
NIC ASIA

स्थानीय तहमा राजस्व : कतै दोब्बर, कतै आधा पनि उठेन !

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुमपूर्व – जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व संकलन गर्न सकेका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व संकलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व संकलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व संकलन गरेको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिए । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८०  संकलन भएको छ ।


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व संकलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । गाउँपालिकाले चालू आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व संकलन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालू आर्थिक वर्षको लक्ष्य तय गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले बर्सेनि राजश्व संकलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १८ लाख ३० हजार २९४ राजश्व संकलन गरेको थियो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५/७६  मा लक्ष्यको आधा पनि राजश्व संकलन गर्न नसकेको पाइएको हो ।

रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व संकलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व संकलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए । 

गत वर्षमा लक्ष्यअनुरूप राजश्व संकलन हुन नसकेपछि चालू आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष लिएको छ । 

त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा ४५ लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व संकलन गर्न सफल भएको छ ।

गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व संकलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।

कर प्रणालीमा सुधार गर्न सकेमा चालू आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । 

यतिमात्र नभएर चालू आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x