×

NMB BANK
NIC ASIA

कर्णालीको सरकारः निर्णय गर्छ कार्यान्वयन गर्दैन

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत।तपाईँलाई थाहा नै छ सरकार भनेको कार्यान्वयन गर्ने निकाय हो । प्रदेश सभाले कानून बनाउने, सरकारले विकास निर्माण गर्ने, न्यायालयले न्याय दिलाउने मुख्य जिम्मा हो । सरकारले बजेट ल्याउने काम गर्छ र त्यसलाई कार्यान्वयनमा लैजान्छ । तर कर्णाली प्रदेश सरकार हतारोमा निर्णय गर्छ र कार्यान्यन भने गर्दैन ।
२०७४ साल चैत्र ३० गते प्रदेश सरकारको मन्त्रिपरिषदले  विभिन्न निर्णयहरु गरेको थियो । ती मध्ये अहिलेसम्म कर्णाली पर्यटन प्राधिकरण स्थापना हुन सकेको छैन । 
नाग्मदेखि रारा तालसम्म कालोपत्रे बनेको छैन । छिमेकी  देश चीनसँग जोडिएका उत्तरी नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्लो धो नाकालाई औपचारिक रुपमा खोल्ने निर्णय उतिबेला नै भइसकेको थियो तर अहिलेसम्म प्रगति शून्य छ ।
वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय स्तरको न त रंगशाला नै बनेको छ  न त विमानस्थल नै । सरकार स्थापना भएको डेढ बर्ष पुगेको छ । न वीरेन्द्रनगरको गुरुयोजना नै सरकारले बनाएको छ ।
२०७५ भदौ ३० गते सरकारले भूमिहिन सुकुम्वासी समस्या समाधान सुझाव आयोग गठन आदेश २०७५ स्विकृत गरेको थियो । तर अहिलेसम्म काम हुन सकेको छैन । 
पत्रकारकालागि आमसञ्चार प्रतिष्ठान गठन गर्ने गत वर्षको बजेटमा थियो अहिलेसम्म गठन भएको छैन । टिभी र रेडियो खोल्ने भनिएको थियो सरकार चुप छ ।
२०७५ साउन १० गते बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक बनाउन सहमति दियो । विधेयक पारीत पनि भयो राजनीतिक खिचातानीका कारण अहिलेसम्म आयोग गठन हुन सकेको छैन ।
२०७५ साल माघ ९ गते बसेको बैठकले प्रदेश अनुसन्धान व्यूरो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि अनुमति दिएपनि अहिलेसम्म उक्त विधेयक तयार भइसकेको छैन । यस्ता धेरै विधेयक सरकारले अहिलेसम्म बनाउन सकेको छैन । प्रदेश सभामा विजनेश नभएका कारण बैठक बस्न सकिरहेको छैन ।
सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेको थियो । उक्त निर्णय अहिले ओझेल परेको छ ।
सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले ती सबै कार्यान्वयनमा विस्तारै जाने दाबी गरिन् । ‘कर्मचारी अभाव, अन्य समस्याका कारण सबै निर्णय एकैचोटी कार्यान्वयनमा लैजान हामीलाई समस्या भएको साँचो हो ।’ उनले भनिन्, ‘नयाँ संरचना भएका कारण अलि कठिन भएको हो । अब कार्यान्वयनमा जान्छन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x