×

NMB BANK
NIC ASIA

अमेरिकी सेना प्रशान्त क्षेत्रमा चीनका अगाडि टिक्न नसक्ने अस्ट्रेलियाली थिंक ट्यांकको भनाइ

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रशान्त क्षेत्रमा अमेरिकाको सैन्य प्रभुत्व नरहेको र उसले चीनविरुद्ध आफ्ना साझेदारलाई सुरक्षा गर्न नसक्ने अस्ट्रेलियाका एक शीर्ष थिंकट्यांकले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सिड्नी विश्वविद्यालयको युनाइटेड स्टेट्स स्टडीज सेन्टरले प्रकाशन गरेको प्रतिवेदनमा अमेरिकी सेना सुस्त हुँदै गएको र संसारभरि फैलिनुपरेका कारण कमजोर बनेको र चीनसँगको भिडन्तका लागि तयार नरहेको बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो मूल्यांकन सही हो भने अस्ट्रेलिया, ताइवान र जापान जस्ता अमेरिकी सुरक्षामा भर पर्ने साझेदारहरूका लागि खतराको संकेत हो । 


Advertisment
Nabil box
Kumari

त्यसै त डोनल्ड ट्रम्पले चीनको आक्रामकताबाट साझेदारहरूलाई संरक्षण नगर्ने संकेत दिएका छन् । तर यो पछिल्लो प्रतिवेदनले देखाएअनुसार, अमेरिकाले चाहेमा पनि मद्दत गर्न नसक्ने स्थिति छ ।

Vianet communication
Laxmi Bank

वाशिङटनमाथि रणनीतिक टाटपल्टाइको आरोप लगाउँदै प्रतिवेदकहरूले दशकौंसम्म चलेको पश्चिम एसियाली युद्ध, पक्षधरता र लगानीको कमीका कारण अमेरिकाका प्रशान्त् साझेदारहरू जोखिममा परेको बताएका छन् । 

‘यसविपरीत चीन भने बलपूर्वक क्षेत्रीय व्यवस्थालाई चुनौती दिन समर्थ छ किनकि उनले विकसित सैन्य प्रणालीमा व्यापक लगानी गरेको छ,’ उनीहरूले चेतावनी दिए । 

राष्ट्रपति शी चिनफिङको शासनमा चीनको आधिकारिक रक्षा बजेट ७५ प्रतिशतले बढेर १७८ अर्ब डलर पुगेको छ । तर वास्तविक अंक यसभन्दा पनि बढी रहेको बताइन्छ ।

महत्त्वपूर्ण कुरा त बेइजिङले ब्यालिस्टिक क्षेप्यास्त्र तथा प्रत्याक्रमण प्रणालीमा लगानी गरेको छ र यसले गर्दा अमेरिकी सेना द्वन्द्वग्रस्त क्षेत्रमा तत्कालै पुग्न नसक्ने स्थिति छ । 

प्रतिवेदनका अनुसार, पश्चिमी प्रशान्त क्षेत्रमा लगभग सबै अमेरिकी, साझेदार र पार्टनर सैन्य अड्डा, हवाईपट्टी, बन्दरगाह र सैन्य शिविरमा बलियो संरचनाको अभाव छ र तिनीहरू ठूलो जोखिममा छन् ।

त्यसबाछ फाइदा उठाएर चीनले अमेरिकी सैन्यबल आइपुग्नुअघि नै ताइवान, जापानशासित टापुहरू वा दक्षिण चीन सागरमा भूमि कब्जा गर्न सक्छ ।

एजेन्सी  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x