नुवाकोटमा युवकको शव फेला

भदौ २, २०७६

विदुर–नुवाकोटको तादी गाउँपालिका–३ स्थित भोर्लेमा एक युवकको आज शव भेटिएको छ । वडा नं २ बाह्रबिसेका २६ वर्षीय विजय कट्टेलको शव फेला परेको हो । 

    कट्टेल गाईजात्रा हेर्न भनी आफ्नो घरबाट शुक्रबार घरदेखि हिँडेका थिए । कट्टेल गाडीमा सहचालकको काम गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । उहाँका अनुसार शव भोर्लेस्थित सडकको पाँच मिटर पर धान खेतमा फेला परेको थियो । शवपरीक्षण गर्न शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
 


ADVERTISEMENT

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार