×

NMB BANK
NIC ASIA

असुरक्षा

प्रदेशमा विप्लवको सुरक्षा चुनौती : सरकारी गाडी नै असुरक्षित

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – गएको साउन १० गते पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी भयो । आगजनी गरेको बा२झ ३५०२ नम्बरको गाडी श्रेस्तेदार शारदादत्त बडू चड्ने गाडी कावासोतीस्थित थकाली चोकमा पाकिङ गरी राखेको अवस्थामा जलाइयो ।

Muktinath Bank

साउन २६ गते शनिवार कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीको लु१झ ४०० नम्बरको गाडी आफ्नै डेरा अगाडि तौलिकहवामा पाकिङ गरेर राखेको अवस्थामा अज्ञात समूहले आगजनी गरी पूर्णरूपमा ध्वस्त बनायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही दिन नै दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडी पनि अज्ञात समूहले जलायो । रा१झ १५२ नम्बरको गाडी बंगलाचुली–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहको आगजनीबाट जलेर पूर्ण रूपमा नष्ट भयो ।


Advertisment
Nabil box
Kumari

फेरि साउन ३१ गते शुक्रवार सत्तारूढ दल नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाललाई लक्षित गरी उनको घर रूपन्देहीको सैनामैना–८ मा ३ वटा पेट्रोल बम प्रहार भए । बम प्रहारबाट मानवीय क्षति नभएपनि ढकालले प्रयोग गर्ने लु१ज ४५६ नम्बरको गाडी पछाडिपट्टि जलेर नष्ट भयो ।

Vianet communication
Laxmi Bank

बर्दियाको गेरूवा गाउँपालिका–६ को कार्यालयमा असार २३ गते आगजनी भएको थियो । यी सबै घटनामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको संलग्नता भएको प्रहरीले मौखिक जवाफ दिन्छ तर हालसम्म कुनै पनि घटनाका दोषीलाई पक्राउ गर्न सकेको छैन ।

यसरी प्रदेश ५ मा सुरक्षा संवेदनशिलता बढ्दै गएको छ । जसले स्थानीय तह र प्रदेशबासीलाई झस्काएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश ५ मा नेकपाका नेता कार्यकर्ता बढी रहेको बताइन्छ ।

विप्लव समूहले पछिल्लो ६ महिनामा ६ वटा सरकारी गाडी, सांसदको घर र वडा कार्यालयमा आगजनी बम आक्रमण गरेको प्रहरीको भनाइ छ । प्रदेशमा विप्लवका १ सयभन्दा बढी नेताकार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्र विक्रम शाहले अज्ञात समूह भनिएपनि विप्लव नेतृत्वको समूहले नै आगजनीका गरेको बताए । ‘हामी सशक्त रूपमा प्रस्तुत हुँदैछौं । यिनीहरूको खोजी भइरहेको छ । यिनीहरू कहाँ–कहाँ बस्छन् भन्ने हामीले पत्ता लगाएका छौं । हामीले निगरानी बढाउँछौ,’ उनले भने । विप्लव नेतृत्वको नेकपाले सरकारी गाडीलाई निशाना बनाएको छ । 

प्रतिबन्धसँगै उनीहरूले रातिको समयमा पाकिङ गरी राखिएका गाडीमा लक्षित गरी आक्रमण गरेका छन् । प्रदेश ५ विप्लव नेतृत्वको नेकपाको आधार इलाका मानिन्छ । प्रदेशका स्थानीय तहदेखि सरकारी गाडी विप्लवको निशानामा पर्न थालेपछि प्रहरीले जनप्रतिनिधि र सरकारी गाडीको सुरक्षा बढाएको बताएको छ ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर राणाले विप्लवका गतिविधिले सुरक्षा चुनौती बढेको बताए । ‘जनप्रतिनिधि पनि सचेत बन्न आवश्यक भएको छ । प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा विप्लवका गतिविधि बढेका छन् ।’ 

गएको वैशाखमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै रोल्पामा बम विस्फोट भएको थियो । सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागी हुन जाँदै गर्दा गैरीगाउँस्थित राँकडाँडामा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ । 

प्रदेशका धेरै स्थानीय तहसँग पनि विप्लव समूहले चन्दा आतंक मच्चाएको जनप्रतिनिधि बताउँछन् । सो बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ । ‘सरकारले प्रतिबन्ध लगाएकाले विप्लवले गरेका कानून विपरीतका काममा निगरानी बढाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु नियमित सम्पर्कमा रही प्रहरीले सुरक्षा चुनौति र चन्दा आतंकका विषयमा जानकारी लिन थालेको छ,’ उनले भने ।

प्रहरीले सरकारी गाडी प्रहरी चौकीमा राख्न आग्रह गरेको छ । ‘प्रदेशका सबै जिल्ला (१२) का प्रहरी कार्यालयमार्फत नियमित रुपमा जनप्रतिनिधिसँग सुरक्षाका विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।

तत्कालीन सशस्त्र द्वन्द्वपछि क्यान्टोनमेन्टमा नराखिएका हतियार अहिले प्रयोग भएको भेटिएको प्रहरीको दाबी छ । साना हतियार र खुला सिमाना प्रहरीका लागि चुनौती बनेका छन् तर प्रहरीले विप्लव समूहलाई ठूलो चुनौतीका रूपमा लिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x