×

NMB BANK
NIC ASIA

अफगानिस्तानको विवाह समारोहमा विस्फोट : दुलाहाले सुनाए घटनाको बेलीविस्तार

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शनिवार राति अफगानिस्तानको काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणपछि दुलाहाले आफ्नो सबै आशा मरेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

टोलो न्युजलाई दिएको एक अन्तर्वार्तामा मीरवाइज इल्मीले आक्रमणमा आफू त बाँचेको तर मारिएका ६३ जनामा आफ्ना अनेकौं नातेदार परेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आक्रमणमा लगभग १८० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति अशरफ गानीले यो बर्बर आक्रमण भएको बताएका छन् । तालिबाले उग्रवादीहरूलाई मञ्च दिएको आरोप उनले लगाएका छन् । 

Vianet communication
Laxmi Bank

अमेरिकासँग शान्तिवार्ता गर्ने तालिबानले आक्रमणको आलोचना गरेको छ । 

इल्मीले बिहेको दिन आफू खुशी रहेको र भेट्न आएका नातेदारसँग मेलजोल गरिरहेको बताए । बिहे भइरहेको हल खचाखच भरिएको थियो । तर केही घन्टापछि नै त्यहाँ लाशै लाश भए । 

उनले भने, ‘मेरो परिवार र दुलहीको परिवार स्तब्ध छन् । उनीहरू कुरा गर्न सक्ने स्थितिमा छैनन् । मेरी दुलही घरिघरि बेहोश भइरहेकी छ ।’

‘मेरो त सबै आशा नै टुटेको छ । मेरा भाइ मारिए । मेरा साथी र नातेदारहरूको मृत्यु भयो । म जिन्दगीमा फेरि कहिले पनि खुशी हुन सक्दिनँ ।’

‘अन्तिम संस्कारमा जाने हिम्मत समेत मसँग छैन । म एकदमै थाकेको अनुभव गर्दैछु । हामी अफगानहरूले अझै पनि यस्ता दुःख देख्न बाँकी छ ।’

दुलहीका पिताले आफ्नो परिवारका १४ जना मारिएको बताए । 

इस्लामिक स्टेटले एक बयान जारी गरेर आफ्नो एक लडाकूले भीडको बीचमा गएर आफूलाई उडाएको बताए । 

यो विस्फोट गरिएको स्थान शियाबहुल क्षेत्र हो । 

अफगानिस्तान र पाकिस्तानमा तालिबान र इस्लामिक स्टेटका सुन्नी मुसलमान लडाकूहरूले अल्पसंख्यक शिया हजारा मुसलमानमाथि आक्रमण गर्ने गरेका छन् । 

विवाह समारोहमा सहभागी २३ वर्षीय मुनीर अहमद अहिले अस्पतालमा छन् । उनले टाढाको भाइ पर्ने एकजना आक्रमणमा मारिएको बताए । 

समाचार संस्था एएफपीलाई उनले बताए, ‘विस्फोट हुनुअघि मानिसहरू नाचेर खुशियाली मनाइरहेका थिए । विस्फोट भएपछि भागाभाग भयो । सबैतिरबाट कराएको र रोएको आवाज आइरहेको थियो । मानिसहरू आफन्तलाई खोजिरहेका थिए ।’

अफगानिस्तानमा बिहेहरू प्रायः ठूलो हलमा हुने गर्छन् अनि पुरुष र महिला पाहुनालाई बेग्लाबेग्लै ठाउँमा राखिन्छ ।

तालिबानका एक प्रवक्ता जबिउल्ला मुजाहिदले भने, ‘जानाजान महिला र बच्चाहरूलाई तारो बनाएर गरिएको बर्बर आक्रमणका बारेमा कुनै पनि सफाइलाई स्वीकार गर्न सकिँदैन ।’

अमेरिका र तालिबान प्रतिनिधिबीच दोहामा शान्तिवार्ता चलिरहेको बेलामा यो आक्रमण भएको हो । दुवै पक्षले कुराकानी सकारात्मक ढंगले अघि बढिरहेको बताएका छन् । 

नाटो मिसनअन्तर्गत अमेरिकाका लगभग १४ हजार सैनिक अफगानिस्तानमा तैनाथ छन् । ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाइने लगातार बताउँदै आएका छन् । 

शान्ति सम्झौता अनुसार अमेरिकाले चरणबद्ध रूपमा सैनिक फिर्ता बोलाउनेछ तर तालिबानले अमेरिकी अड्डाहरूमा उग्रवादीबाट हुने आक्रमण रोक्ने सुनिश्चितता गर्नुपर्ने प्रत्याभूति गर्नुपर्नेछ ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x