×

NMB BANK
NIC ASIA

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारी चालक र कार्यालय सहयोगीको मात्रै दरबन्दी पूर्ति

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यालय सहयोगी र हलुका सवारी चालकको मात्रै दरबन्दी पूर्ण भएको पाइएको हो । ३ सय ६५ जनाको दरबन्दी भएको मन्त्रालयमा २ सय २३ जनाको मात्रै पदपूर्ति भएको पाइएको हो ।

Muktinath Bank

१ सय ४२ जना कर्मचारी अझै मन्त्रालयमा अपुग भएका छन् । तर हलुका सावारी चालक र कार्यालय सहयोगीको १५/१५ जनाको दरबन्दी भएपनि दुवैमा पदपूर्ति भइसकेको मन्त्रालय श्रोतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयमा १९ सिनियर डिभिजनल इन्जिनीयरका पद रिक्त छन् । जम्मा दरबन्दी संख्या २३ हो । ७ वटा दरबन्दी भएको शाखा अधिकृत तहमा ४ जनाको पदपूर्ति भएको छैन ।


Advertisment
Nabil box
Kumari

विभिन्न तहका ८१ ओटा इन्जिनियरका पदहरुमा ५८ जनाको पदपूर्ति हुन सकेको छैन । एक जना लेखापालको दरबन्दी रिक्त छ । ६६ ओटा सब इन्जिनियरको दरवन्दी मन्त्रालयमा छ तर हाल ३९ जनाको पद रिक्त रहेको छ ।

Vianet communication
Laxmi Bank

सिनियर डिभिजनल इन्जिनियर ३ जना, इन्जिनियर ८ जना, सब इन्जिनियर १ जना, एओ एक जना गरी १४ जना केहि दिनमा नै मन्त्रालयमा हाजिर हुनेछन् । यस्तै अन्य प्रदेश र संघ वा स्थानीय तहमा समायोजन भइसकेका तर हाल मन्त्रालयमा काम गरिरहेका कर्मचारीहरुको संख्या १२ जना छ ।

सचिव दानरत्न शाक्य, सिनयिर डिभिजनल इन्जिनियर दुइ जना, ८ जना इन्जिनियर, एक जना सिएओ, यहि काम गरिरहेका छन् । मन्त्रालयका सचिव दानरत्न शाक्य कर्मचारी त्यति धेरै अभाव नभएको दाबी गर्छन ।

‘कोहि कर्मचारी सरुवा भएर आउँदै छन्,' उनी भन्छन्, ‘कर्मचारी न्यून भएपनि काम भने भइरहेको छ ।’ उनले हरेक जिल्ला वा कार्यालयहरूमा एक दुई जना इन्जिनीयरहरु खटाइसकिएको बताए ।

कर्मचारी नभए गत वर्षको जस्तै बजेट खर्च नहुने त होला नी भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहँ त्यस्तो हुँदैन । गत वर्षका बहुवर्षिय ठेक्कामा काम सुरु भइरहेको छ,' उनले भने, ‘गत वर्ष कार्यालय माघमा खोलेकाले पनि कम खर्च भएको जस्तो देखिएको हो । यो वर्ष हामी फुल फेजमा काम गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x