×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : जापान उडान भर्दै निगम–भाडा ३६ हजार, निरन्तर ओरालोतर्फ नेप्से

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुबीचको सर्वदलीय बैठकमा गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भइरहेको भन्दै  त्यसविरुद्ध राजनीतिक दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिइएको छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार भएको बैठकमा विगतमा गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणालीका लागि संघर्ष गर्नेहरु विभाजित हुँदा नै प्रतिगमनकारीहरुले चलखेल गर्ने अवसर पाएको भन्दै एकतावद्ध भएर अघि बढ्नुर्पेमा जोड दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भइरहेको भन्दै  त्यसविरुद्ध राजनीतिक दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए । 


Advertisment
Nabil box
Kumari

उनले लामो समयसम्म एउटै उद्देश्यका लागि संघर्ष गरिएको भएपनि पछिल्लो समय बिग्रह उत्पन्न भएको भन्दै अब दूरी कम गर्ने र सहमति तथा समझदारीलाई निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए । 

Vianet communication
Laxmi Bank

बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विगतमा विस्थापित भएका शक्तिबाटै प्राप्त उपलब्धि उल्ट्याउन चलखेल हुन सक्ने भन्दै प्रधानमन्त्रीले दलहरुलाई सचेत गराए । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने गरी विभिन्न चलखेल गरिरहेको दाबीसहित बैठकमा गम्भीर छलफल भएको बताइएको छ । 

यद्यपि पूर्वराजासहितका विगतमा विस्थापित भएका शक्तिहरुबाट चलखेलको प्रयासभएपनि प्रतिगमन कुनैपनि हालतमा हुन नसक्ने श्रेष्ठले बताए । यद्यपि परिवर्तनका लागि लडेका दलहरुबीच एकता भइ सचेत रहिरहनुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको उनको भनाई छ । 

बैठकमा देशमा हिंसात्मक गतिविधि नहुनका लागि पनि दलहरु एकतावद्ध हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । लामो द्धन्द्ध पछि देश शान्तिको चरणमा आएको हुँदा अब पनि फेरि कसैबाट यसप्रकारको गतिविधि हुन नदिनेको लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । 

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । यो मुद्दामा सरकार र नेकपालाई काँग्रेसको सहयोग रहने पनि देउवाले बताए । 

यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिनुपर्ने, संविधान र कानुन विपरित गतिविधिलाई समाधान गरिनुपर्ने र  आवश्यक परे वार्तामार्फत विप्लव लगायतका समस्या समाधान गरिनुपर्नेमा पनि नेताहरुबीच विचार विमर्श भएको बताइएको छ । 

सो अवसरमा प्रमले आफ्नो स्वास्थ्यका बारे पनि जानकारी गराएका थिए । 

उनले बाहिर आएजस्तो आफ्नो स्वास्थ्यमा असर नपुगेको तर चिकित्सकको सल्लाहअनुसार फलोअपका लागि बिहीबार सिंगापुर जान लागेको जानकारी गराएका थिए । बैठकमा सहभागी नेताहरुले प्रमको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
    
अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण प्रक्रिया 
    
सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगँैचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । 

    भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । हालसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइने मन्त्रालयका प्रवक्ता (सहसचिव) कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार सो योजना अघि बढाउन मन्त्रालयले कति पनि ढिलाइ गरेको छैन । सार्वजनिक खरीद ऐनअनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने उनले बताए । 

नेकपा सचिवालय बैठक 
    गृहकार्य नपुगेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  नेकपाले मंगलबार अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो । 

    बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । 

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै 
    
सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ । 

    ‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने रेटिङ प्रदान गरेको छ । ऋणपत्र बिक्री बन्द हुने मिति छिटोमा भदौ ९ गते र ढिलामा आगामी असोज ५ गतेसम्मका लागि तोकिएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन १४ गते स्वीकृति पाएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमध्ये रु एक अर्ब ५० करोड ऋणपूँजी रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउन रु एक अर्ब ऋणपूँजी रकमअर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ । 

कार्यालयभित्रै मृत फेला 

    सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालयभित्रै मृत भेटिएका छन् । झण्डै आठ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलमा मंगलबार मृत भेटिएका हुन् ।

    प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । केसी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी हुन् । घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेला परेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिए । 

    प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’ समेत फेला परेकाले घटनाको अनुसन्धान भइरहेको छ । आयोगका प्रवक्ता डा किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उहाँलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको जानकारी दिँदै मिजासिलो मान्छेको सोच्नै नसकिने गरी घटना भएकोमा आश्चर्य लागेको बताए। 

पाँच दिनको म्याद थप

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । 

    जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गरेका थिए । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो । 

    लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

    अनुसन्धानका अन्य पाटोहरू बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले म्याद थप माग गरेको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताए । 
    गएको बिहीबार काठमाडौँबाट पक्राउ गरेर चितवन ल्याइएका उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ । 

‘भ्रष्टाचारसम्बन्धी एक हजार ५०० घटनामा विस्तृत अनुसन्धान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले मंगलबार आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।  

    आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ मुद्दा विशेष अदालतमा दायर गरेको प्रमुख घिमिरेले बताए ।  ती मुद्दामध्ये ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको उनको भनाइ छ । झण्डै २०० अनुसन्धानको दायरामा आएको उनले बताए । 

सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला 

    प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । उक्त अनलाइन आवेदन आगामी असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ । 

    हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकल साविकको नारायणी अञ्चलमा दर्ता रहेकालाई खारेज गरी हाल प्रदेश नं ३ को कोड नम्बरसहित दर्ता गरिएको प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले बताए । 
 कार्यालयमा दैनिक ३५ देखि ४० सवारीसाधनको अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले आव २०७५÷७६ मा रु २६ करोड ११ लाख ४८ हजार राजश्व असुली गरेको थियो । 

श्रीमती र छोरा जलाउने पक्राउ

    धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँबासीले उद्धार गरेका थिए । 

    
यसैबीच नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय विनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने रेनु लामालाई पक्राउ गरेको हो । 

भदौ १२ देखि जापान उडान भर्दै निगम
    
लामो गन्तब्यमा उडान नगरेको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो ।

    ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । निगमका अध्यक्ष मदन खरेलले आगामी २९ अगष्ट २०१९ अर्थात भदौ १२ गतेदेखि जापानमा नियमित उडानको तयारी गरिएको बताए । 

    “भदौ १२ देखि जापानको ओसाका पहिलो ‘सेडुवल फ्लाइट’ गर्दैछौँ, त्यसका लागि सम्पूर्ण तयारी गरिसकेको मिडियामार्फत आम सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौँ, जापान उडान हुन्छ कि हुँदैन भन्ने विभिन्न आशङ्का र अन्योलबारे स्पष्ट पार्नको लागि कार्यक्रम गरिएको हो”, उनले भने । 
    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट नियमित उडान गर्ने योजना छ । साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गरिनेछ । 

    निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।

  
स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन् । 

ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ । 
 
त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन् । सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ । 

सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ । ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् ।
 
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीहरूको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ । 
स्मार्ट पार्किङ छल्दै, पार्किङ गर्दै

    काठमाडौँ महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा शुरु गरेको स्मार्ट पार्किङ छल्दै कुना काप्चामा लगेर पार्किङ गर्ने समस्या अहिले बढ्दो छ । काठमाडौँ महानगरपालिकाले पनि उक्त कुरालाई स्वीकार गरेको छ । “स्मार्ट पार्किङ नयाँ प्रयोग हो, अहिले लुकेर अन्यत्रै पार्क गर्नेको जमात बढ्दो छ, यो एक्लैले समस्या समाधान गर्न सकिने विषय होइन रहेछ, सबै मिल्नुपर्छ ।” महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ध्रुव काफ्लेले भन्नेभयो ।

    पाकिर्ङको भरपर्दाे व्यवस्थापन गर्नुपर्ने महानगरले पार्किङ क्षेत्र तोकेर व्यवस्थापन गर्न सकेको छैन । घरधनीले पनि पार्किङ क्षेत्र राखेर घर बनाएका छैनन् । भाडामा लिएका व्यवसायी सबैको पार्किङस्थल सडकनै बन्न पुगेको छ । 

    काफ्ले भन्नुहुन्छ, “व्यक्तिले एक डेढ लाख मासिक भाडा लिन्छन्, तर पार्किङ गर्ने स्थान राखेका छैनन्, सबैभन्दा बढी यस्तै व्यावसायिक गाडीले सडकमा समस्या पारिरहेको छ ।” उहाँका अनुसार यस्ता गाडी न्यूरोडमा मात्रै दैनिक १३ हजार बस्छन् । 

भेरी अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने 

उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् । 
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको जानकारी दिए । उपप्रधानमन्त्री यादवले भेरी अस्पताललाई भविष्यमा शिक्षण अस्पताल बनाउन सकिने पनि बताए । 

 बैठकमा सांसद महीन्द्रराय यादवले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा कहिलेसम्ममा पु¥याइँदैछ भनी प्रश्न गरेका थिए । 

सांसद प्रेम सुवालले प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको प्रसङ्ग उठाउँदै नेपालमा सबै रोगको उपचारको व्यवस्था गर्न सकिँदैन र भनी पूरक प्रश्न गरेका थिए । 
 जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएको र भइरहेको बताउँदै यहीँका चिकित्सकको सिफारिसमा प्रधानमन्त्री उपचारका लागि सिङ्गापुर गएको स्पष्ट पारे ।  


निरन्तर ओरालोतर्फ नेप्से 

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले मंगलबार नेप्से ओरालो लागेको हो । 

    सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक मंगलबार भने ८.४३ घटेर एक हजार २१३. ६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरीद बिक्री भए । 
 
    स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने शेयर घटेको छ । व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बीमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बीमा ५६.१६ बिन्दुले घटेको छ ।
 
    कारोवार आधारमा मंगलबार होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड ३५ लाख ८४ हजार ८९५ बराबरको शेयर कारोवार भएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ६५ लाख ६० हजार २८०, एनआइसिएसिया बैंक रु एक करोड ३२ लाख ९७ हजार १७१, नेपाल बैंक लिमिटेड रु एक करोड ३४ लाख एक हजार ४८०, नबिल बैंक रु ९७ लाख ४१ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

    

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x