कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कश्मीरमा विस्फोटक परिस्थिति रहेको भन्दै यो जटिल ठाउँ भएको बयान मंगलवार दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोनमा कुरा गरेको भोलिपल्ट ट्रम्पले कश्मीरमा परिस्थिति शान्त बनाउनका लागि कोशिश गर्ने बताए ।
ट्रम्पले कश्मीरलाई धार्मिक दृष्टिकोणले हेर्दै भारत र पाकिस्तानबीचको तनावको प्रमुख कारण यही भएको बताए ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘भारत र पाकिस्तानबीच अनेकौं समस्या छन् र म मध्यस्थता वा अन्य तरिकाले यसको समाधानको कोशिश गर्नेछु । दुवै देशसँग अमेरिकाको राम्रो सम्बन्ध छ तर ती दुवै चाहिँ साथी हैनन् । परिस्थिति जटिल छ र यसमा धर्मको प्रमुख भूमिका छ । त्यहाँ धर्म एक जटिल विषय हो ।’
यसअघि ट्रम्पले मध्यस्थताको प्रस्ताव राख्दा भारतले कश्मीर द्विपक्षीय मुद्दा भएकाले तेस्रो पक्षको उपस्थिति अस्वीकार्य हुने बताएको थियो । अमेरिकी नेताहरूले नै कश्मीरमा मध्यस्थता गर्नु नहुने बताएका थिए । त्यतिखेर सामसुम भएको कुरा ट्रम्पले किन फेरि उठाएका हुन् ?
अफगान शान्तिवार्तामा पाकिस्तानको पनि महत्त्वपूर्ण भूमिकालाई मद्देनजर गर्दै ट्रम्पले पाकिस्तानलाई खुशी बनाउनका लागि शायद अनौपचारिक रूपमा कश्मीर मध्यस्थताको बयान दिइरहेका हुन् ।
भारत सरकारले धारा ३७० हटाएपछि अमेरिकाले बयान दिँदै कश्मीर मुद्दामा पुरानो दृष्टिकोण कायम रहेको बताएको थियो । अर्थात् कश्मीर मुद्दालाई द्विपक्षीय रूपमा नै सुल्झाउने दृष्टिकोण आफूले राखेको अमेरिकाको भनाइ थियो ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकअघि पनि ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई फोन गरेर भारतसँग द्विपक्षीय वार्ता गर्न जोड दिएका थिए ।
सोमवार मात्र ट्रम्पले मोदी र खानलाई फोनमा कुरा गर्दा कश्मीरमा मध्यस्थताको कुरा उठाएका थिएनन् । भोलिपल्ट अचानक उनले यो कुरा झिके ।
मोदीको कश्मीर नीतिबाट चिन्तित पाकिस्तानी प्रधानमन्त्री खानले बारम्बार अमेरिकालाई गुहार लगाइरहेका छन् । त्यसैले पनि ट्रम्पले उनको मन राख्न कश्मीरमा मध्यस्थताको प्रस्ताव राखिरहेको हुनुपर्छ ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...