×

NMB BANK
NIC ASIA

इटलीमा सत्ता संघर्ष : प्रधानमन्त्रीले दिए राजीनामा, सरकार बनाउन दलहरूबीच वार्ता

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इटलीका राष्ट्रपति सर्जिओ माट्टारेलाले प्रधानमन्त्री जोसेप्पे कोन्टेको राजीनामा स्वीकार गरेका छन् र राजनीतिक संकटको समाधान खोज्न दलका नेताहरूसँग वार्ता थालेका छन् । 

Muktinath Bank

सरकार गठनको वार्ता चलिरहँदा माट्टारेलाले कोन्टेलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले बुधवार अपराह्न ४ बजेबाट बैठक शुरू गर्नेछन् र बिहीवार अपराह्नमा सिध्याउनेछन् । 


Advertisment
Nabil box
Kumari

नयाँ सरकार गठनका लागि राजनीतिक इच्छाशक्ति रहेको नरहेको उनले विचार गर्नेछन् । 

Vianet communication
Laxmi Bank

यस्तो स्थिति नरहेको पाएमा उनले संसद् भंग गरेर चुनाव घोषणा गर्नुपर्ने हुन्छ । नियमित चुनावका लागि अझै साढे ३ वर्ष बाँकी छ । 

कोन्टेले मंगलवार राजीनामाको घोषणा गरेका हुन् । गठबबन्धन साझेदार लीग पार्टीका नेता तथा गृहमन्त्री म्याट्टियो साल्भिनीले सरकारलाई समर्थन नदिने भनेपछि कोन्टेको राजीनामा आएको हो । 

कोन्टेले राजीनामा दिने क्रममा साल्भिनीलाई गैरजिम्मेवार र अवसरवादी पनि भने । 

आप्रवासीहरूको जहाजका विषयमा गठबन्धन साझेदारहरूबीच झगडा भएको थियो । यसले गर्दा अक्टोबर महिनामै पनि आमचुनाव गरिन सक्ने सम्भावना छ । साल्भिनीले उक्त चुनाव जित्ने आशा गरेका छन् । 

युरोपेली संसदमा लीग दलले कोन्टेको फाइभ स्टार मुभमेन्टभन्दा राम्रो प्रदर्शन गरेपछि लीगका नेता साल्भिनी महत्त्वाकांक्षी बनेको विश्लेषण गरिँदैछ ।

अब फाइभ स्टार मुभमेन्ट र सेन्टरलेफ्ट विपक्षी दल डेमोक्रेटिक पार्टीबीच वैकल्पिक गठबन्धन बन्ने सम्भावना पनि छ । अझ त्यसको विकल्पमा फाइभ स्टार मुभमेन्टले लीगसँग अर्को गठबन्धन गर्ने तर प्रधानमन्त्री अर्कै व्यक्ति बनाइने सम्भावना पनि छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x