कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
भदौ ४, २०७६
काठमाडौं – भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाल मामिलाका जानकार अशोक मेहताले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली जनतासामु माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार लोकान्तरसँग कुरा गर्दै मेहताले जयशंकरले नेपाल भ्रमणलाई नेपाली जनताको मन जित्ने अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।
‘कुनै पत्रकार सम्मेलन, कुनै सम्बोधन वा त्यस्तो केही कार्यक्रम आयोजना गरेर २०१५ मा नेपालमाथि भारतले गरेको नाकाबन्दी गलत थियो भनेर माफी माग्नुपर्छ,’ मेहताले भने, ‘त्यतिबेला जे भयो, त्यतिबेला गलत भयो । म दुःख प्रकट गर्छु र आइन्दा त्यस्तो हुन दिन्न भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।’
जयशंकरले माग्ने माफीले त्यतिबेलाको घाउमा मल्हम लगाउने काम गर्ने मेहताले बताए । ‘एकैपटकमा जनतासँग राम्रो सम्बन्ध बनाउन मुश्किल छ,’ उनले भने, ‘तर प्रयास शुरू गर्नुपर्छ ।’
मेहताले भारत नेपालको सम्बन्धलाई अझ अगाडि बढाउन जयशंकरले भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । ‘यसलाई अझ अघि बढाउन पुरा कोसिस गर्नेछन् भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘भारत सरकारले नेपालमा ओली सरकार बनेपछि नयाँ दिशामा आफ्नो नीति तय गरेको थियो । त्यो नयाँ नीतिलाई अघि बढाउन जयशंकरले मद्दत गर्नेछन् ।’
मेहताले त्यतिबेलाको नाकाबन्दी जयशंकरले नलगाएको स्पष्ट पारेका छन् । ‘त्यतिबेला नाकाबन्दी जुन भयो, त्यो जयशंकरले गरेको होइन,’ उनले भने, ‘त्यो भारत सरकारले गरेको हो । नेपाली जनताले पनि यसलाई व्यक्तिगत रूपमा लिनु पर्दैन । भारत सरकारले काठमाडौंमा गएर यस्तो यस्तो भन भनेर पठाएको हो ।’
लोकान्तरसँगको कुराकानीमा मेहताले पटक–पटक जयशंकरले नेपाली जनताको मन जित्न केही सुखद शुरूवात गर्नुपर्ने बताए ।
‘नेपाली जनताको सेन्टिमेन्ट जयशंकर विरोधी रहेको देखिन्छ,’ उनले भने, ‘जयशंकरले यो भ्रमणलाई नेपाली जनताको मन जित्ने अवसरका रूपमा सदुपयोग गर्नुपर्ने छ । उनले नेपाली जनताको मन जित्ने शुरूवात गर्नुपर्छ । यो भ्रमणमा नाकाबन्दीबाट पीडित नेपाली जनतासमक्ष उनले दुःख प्रकट गरेनन् र माफी मागेनन् भने सम्बन्ध छिट्टै सुमधुर हुँदैन ।’
विदेशमन्त्री जयशंकर बुधवारबाट नेपालको २ दिने भ्रमणमा रहेका छन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर बुधवार अपराह्न नेपाल आएका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
बंगलादेशको ३ दिने भ्रमणमा सकेर जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् । विदेशमन्त्री स्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् । ३ वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठक बुधवारदेखि राजधानीमा शुरू हुँदैछ ।
बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकन हुने र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...