×

NMB BANK
NIC ASIA

आयो घण्टामै ६ सय यातायात लाइसेन्स छाप्ने मेसिन, अब तत्काल पाइने

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरू भएको छ ।

Muktinath Bank

गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरूको भन्दा कैयौँ गुणा बढी रहेको छ ।

Vianet communication
Laxmi Bank

विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए ।

‘मास प्रिन्टर’ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ । उनले भने, 'उपकरण नियमित सञ्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ ।'

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो । गत वर्ष नै ‘ग्लोबल टेन्डर’ मार्फत सो उपकरण खरीद प्रक्रिया अघि बढाइएको थियो ।

हाल विभागले झण्डै साढे नौ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने बताइएको छ । 

चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ ।

सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरू गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरूको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो । 

विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनका अनुसार क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने हुँदा विभागमा छाप्न बाँकी कार्डको सङ्ख्या नियमित रुपमा बढिरहेको थियो । विभागमा रहेका उपकरणहरूमा समयसमयमा समस्या आउने गरेको उनले बताए ।

सो उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार जर्मनीमा बनेका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो । उनले भने, 'कहिले कुन त कहिले कुन बिग्रिएर थन्किरहन्छन् ।'

यता चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालक हैरान छन् ।

आफूले चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गरेर सरकारलाई राजश्व तिरेको एक वर्ष नाघ्दासमेत कार्ड नपाएको गुनासो भक्तपुरका शतिश फुयाँलको छ ।

सल्लाघारीस्थित यातायात कार्यालयबाट गत वर्ष साउनमा नै उनले परीक्षा पास गरेका थिए । त्यसयता कहिले एकान्तकुनास्थित यातायात कार्यालय त कहिले बानेश्वरस्थित यातायात व्यवस्था विभाग पुगे । तर कतैबाट अनुमतिपत्र नपाएपछि उनी हैरान भएका छन् । उनले भने, 'राजश्व तिरेको कागज लेमिनेशन गरेर चालक अनुमतिपत्रका रुपमा देखाएर मोटरसाइकल चलाउने गरेको छु ।'

सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गरेर चार वर्षपहिले वाग्मती अञ्चल कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरू गरेको थियो । विभागले चाँडो छपाइ गर्न भनी केही महीना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको प्रवक्ता खनालले बताए ।

निजीले चालक अनुमतिपत्र छाप्दा रङ्गीन छापेको उनले बताए । रङ्गीन छाप्दा कसैको फोटो त कसैको नाम, ठेगाना, रक्तसमूह लगायतका विवरण प्रस्ट थिएन । निजीमा झन् बढी समस्या आएपछि अहिले विभाग आफैँले श्यामश्वेत कार्ड छापिरहेको प्रवक्ता खनालले जानकारी दिए । उनले भने, 'अहिले विभाग आफैँले छापेको कार्डमा प्रस्ट नभएको भन्ने गुनासो छैन ।'

गत फागुनसम्ममा विभागले देशभरका कार्यालयहरूमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो ।

आव २०७४/७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो । नयाँ संविधानअनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो ।

संघीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालयहरू भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ ।

प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरू नगर्दा संघीय सरकारले नै यो काम गरिरहेको हो । सञ्चिता घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x